बिहीबार, श्रावण १४,२०८३ 11:45:56
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:45:56
Bizshala
Global IME Bank Limited

ग्रीनल्यान्ड विषयमा ट्रम्पको धम्कीप्रति चीनको कडा प्रतिक्रिया

ग्रीनल्यान्ड विषयमा ट्रम्पको धम्कीप्रति चीनको कडा प्रतिक्रिया
New Office

काठमाण्डौ । ग्रीनल्यान्डलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको धम्कीप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ। चीनले आफ्ना हित साध्न तथाकथित ‘चिनियाँ खतरा’लाई बहानाका रूपमा प्रयोग नगर्न अमेरिकालाई आग्रह गरेको छ।

सोमबार आयोजित नियमित प्रेस ब्रिफिङमा चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले संयुक्त राष्ट्रसंघको चार्टरका उद्देश्य र सिद्धान्तहरूमा आधारित अन्तर्राष्ट्रिय कानुन नै वर्तमान अन्तर्राष्ट्रिय व्यवस्थाको आधार भएको र यसलाई कायम राख्नुपर्ने बताए।

प्रवक्ता गुओले राष्ट्रपति ट्रम्पको हालैको घोषणासम्बन्धी प्रश्नको जवाफ दिँदै यस्तो टिप्पणी गरेका हुन्। ट्रम्पले ग्रीनल्यान्डसम्बन्धी विषयमा अमेरिका फेब्रुअरी १ तारिखदेखि डेनमार्क, नर्वे, स्वीडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड्स र फिनल्यान्डबाट आयात हुने वस्तुहरूमा १० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। 

यदि ग्रीनल्यान्ड खरिदसम्बन्धी विषयमा कुनै सम्झौता नभएमा जुनको सुरुदेखि उक्त शुल्क बढाएर २५ प्रतिशत पुर्‍याइने ट्रम्पले बताएका छन्।

चीनले यस कदमले अन्तर्राष्ट्रिय कानुन र बहुपक्षीय व्यवस्थालाई कमजोर बनाउने संकेत गरेको भन्दै चिन्ता व्यक्त गरेको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.