मंगलवार, कार्तिक ३,२०८३ 03:33:50
  • मंगलवार, कार्तिक ३,२०८३ 03:33:50
Global IME Bank Limited

ट्रम्पद्वारा अमेरिकाको सबैभन्दा ठूलो बैंकविरुद्ध ५ अर्ब डलरको मुद्दा दायर, कारण यस्तो

Bizshala
ट्रम्पद्वारा अमेरिकाको सबैभन्दा ठूलो बैंकविरुद्ध ५ अर्ब डलरको मुद्दा दायर, कारण यस्तो
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको सबैभन्दा ठूलो बैंक जेपी मोर्गन चेजविरुद्ध ५ अर्ब अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका छन्। ट्रम्पले बैंकले राजनीतिक कारणले गैरकानुनी रूपमा आफ्ना बैंक खाता बन्द गरेको आरोप लगाएका छन्।

मुद्दामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेमी डिमनलाई समेत प्रतिवादी बनाइएको छ। ट्रम्पको दाबी अनुसार सन् २०२१ मा बैंकले अचानक उनका तथा उनका व्यवसायसँग सम्बन्धित खाता बन्द गरेपछि उनलाई ठूलो आर्थिक क्षति पुगेको र प्रतिष्ठामा गम्भीर आँच आएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

जेपी मोर्गन चेजले ६ जनवरी २०२१ मा अमेरिकी क्यापिटल हिलमा भएको दंगापछि ती खाता बन्द गर्ने निर्णय गरेको थियो। उक्त दिन ट्रम्प समर्थकहरूले क्यापिटल भवनमा प्रवेश गरी राष्ट्रपति निर्वाचन परिणामको औपचारिक प्रमाणीकरण प्रक्रिया अवरुद्ध गर्ने प्रयास गरेका थिए।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

बैंकका प्रवक्ताले भनेका छन्, ‘यो मुद्दाको कुनै कानुनी आधार छैन।’ उनका अनुसार जेपी मोर्गन चेजले राजनीतिक वा धार्मिक कारणले कहिल्यै खाता बन्द गर्दैन। बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै खाता बैंकका लागि कानुनी वा नियामक जोखिम उत्पन्न गर्ने अवस्थामा मात्र खाता बन्द गरिन्छ।’

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.