मंगलवार, माघ २०,२०८२ 10:31:49
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 10:31:49
Bizshala
Global IME Bank Limited
Bizshala

अमेरिकाले भारतबाट आयात हुने वस्तुमा ट्यारिफ घटायो, व्यापार सम्झौतामा सहमति

अमेरिकाले भारतबाट आयात हुने वस्तुमा ट्यारिफ घटायो, व्यापार सम्झौतामा सहमति
Shivam Cement

काठमाण्डौ । अमेरिकाले भारतबाट आयात हुने वस्तुहरूमा लगाइँदै आएको ट्यारिफ घटाएर १८ प्रतिशतमा झारेको छ। यसबारे अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आ–आफ्ना सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

राष्ट्रपति ट्रम्पले ट्रुथ सोशलमा लेख्दै अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनका अनुसार यस सम्झौताअन्तर्गत अमेरिका–भारतबीच लागू गरिएको रेसिप्रोकल ट्यारिफलाई उच्च स्तरबाट घटाएर १८ प्रतिशतमा ल्याइएको हो।

Bizshala
Garima Development Bank
New Office

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘मेड इन इन्डिया’ उत्पादनहरूमा ट्यारिफ घटाइएकोमा खुशी व्यक्त गरेका छन्। यस घोषणापछि भारतको विपक्षी दल कंग्रेसले प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीमाथि दबाब सिर्जना गरेको स्पष्ट देखिएको आरोप लगाएको छ।

भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले सामाजिक सञ्जाल एक्समा लेख्दै राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीलाई नजिकको मित्र मान्ने कुरा दोहोर्‍याएका छन्। उनले अमेरिका–भारत व्यापार सम्झौतासम्बन्धी समाचारप्रति उत्साह व्यक्त गर्दै दुवै देशबीचको सम्बन्धमा असीम सम्भावना रहेको बताएका छन्।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

दुवै देशका शीर्ष नेताहरूले सोमबार राति गरेका यी घोषणाहरूलाई महत्त्वपूर्ण मानिएको छ, किनकि पछिल्लो एक वर्षयता अमेरिका–भारत सम्बन्धमा उतारचढाव देखिँदै आएको थियो।

यसअघि अमेरिकाले भारतमाथि २५ प्रतिशत ट्यारिफ लगाएको थियो। साथै, भारतले रुसबाट तेल खरिद गरेको आरोपमा थप २५ प्रतिशत ट्यारिफ लगाइएपछि कुल ट्यारिफ ५० प्रतिशत पुगेको थियो।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.