बिहीबार, श्रावण १४,२०८३ 11:54:43
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:54:43
Bizshala
Global IME Bank Limited

भारत–अमेरिका व्यापार सम्झौताका कारण भारतीय सेयर बजारमा उछाल

भारत–अमेरिका व्यापार सम्झौताका कारण भारतीय सेयर बजारमा उछाल
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भएको घोषणा गरेपछि मंगलबार बिहान भारतीय सेयर बजारमा तीव्र उछाल देखिएको छ।

मंगलबार बजार खुल्नेबित्तिकै प्रि–ओपन ट्रेडिङ सत्रमा बीएसई सेन्सेक्स करिब ३,६०० अंकले बढ्दै झन्डै ८५ हजार विन्दुमा पुगेको थियो। यद्यपि, कारोबारको क्रममा केही गिरावट आए पनि सेन्सेक्स २ हजार अंकभन्दा बढीको मजबुत बढतसहित कारोबार भइरहेको छ।

बिहान करिब १० बजे सेन्सेक्स २.६ प्रतिशतले वृद्धि भएको देखियो भने निफ्टी ६६५ अंकले उक्लँदै २५ हजार ७३५ अंकमा पुगेको थियो।

यसैबीच, मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ‘ट्रुथ सोशल’ प्लेटफर्ममार्फत भारत–अमेरिका व्यापार सम्झौतामा सहमति भएको जानकारी दिँदै भारतीय सामानमा लगाइने अमेरिकी भन्सार शुल्क (ट्यारिफ) घटाएर १८ प्रतिशतमा झारिएको बताएका छन्।

विश्लेषकहरूका अनुसार ट्यारिफ घटाइने घोषणाले भारतबाट अमेरिकातर्फ हुने निर्यातमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ, जसका कारण लगानीकर्ताको धारणा बलियो बनेको र सेयर बजारमा उल्लेखनीय उछाल आएको हो।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.