मंगलवार, असार ९,२०८३ 09:01:59
Bizshala
  • मंगलवार, असार ९,२०८३ 09:01:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्ने सम्भावना कम भएपछि एशियाली सेयर बजारमा हरियाली

Laxmi Sunrise Bank Limited
अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्ने सम्भावना कम भएपछि एशियाली सेयर बजारमा हरियाली

काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्ने सम्भावना कम भएसँगै एशियाली सेयर बजारहरुमा हरियाली छाएको छ । मंगलबार एशियाली सेयर बजारहरुमा वृद्धि देखिएको छ ।  

सोमबार अमेरिकी सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार अमेरिकाको उत्पादन क्षेत्र साढे १ वर्षमा पहिलोपटक बढेको छ । अमेरिकी अर्थतन्त्रमा उत्पादनमा भएको वृद्धि र नयाँ अर्डर वृद्धिभएसँगै अमेरिकी केन्द्रीय बैंक(फेड)ले ब्याजदरमा कटौती गर्ने सम्भावना कम भएको छ ।  

उत्पादनमा भएको सुधारले अमेरिकी ट्रेजरीको प्रतिफल वृद्धि भएको छ । दुई वर्षे र १० वर्षे ट्रेजरीको प्रतिफल दुई साताकै उच्च स्तरमा पुगेको छ । यसले डलरलाई मजबुत बनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

मंगलबार जापानको सेयर बजार निक्की(एन२२५) ०.९० प्रतिशत अर्थात ३५.५८ अंकले वृद्धि भएको छ । दक्षिण कोरियाको सेयर बजार कोस्पी पनि ०.१९ प्रतिशतले वृद्धि भएको छ ।  

यस्तै चिनियाँ सेयर बजार भने सोमबारको वृद्धिपछि मंगलबार केहि घटेको छ । चीनको उद्योगको उत्पादन बढेपछि सोमबार सेयर बजारमा सुधार देखिएको थियो ।    

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.