काठमाण्डौ । भारतीय धनाढ्य तथा अडाणी ग्रुपका संस्थापक तथा अध्यक्ष गौतम अडाणीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आफ्नी नातिनीसँगको तस्बिर सेयर गर्दै नातिनीप्रतिको माया पोखेका छन् ।
उनले तस्बिर सेयर गर्दै लेखेका छन्,‘यी आँखाको चमकको अघि विश्वका सबै सम्पत्ति फिक्का लाग्छन् ।’ अडाणीले सेयर गरेको तस्बिर बेलायतको लण्डनको साइन्स म्यष्ूजियममा रहेको नयाँ अडाणी ग्रीन इनर्जी ग्यालरीमा खिचिएको हो । यसअघि अडाणीले आफ्ना नातिनीहरुसँग समय व्यतित गर्दा तनावबाट राहात मिल्ने बताएका थिए ।
‘मलाई मेरा नातिनीहरुसँग समय व्यतित गर्न धेरै नै मन पर्छ । उनीहरु मेरो तनाव हटाउने सबैभन्दा ठूलो माध्यम हुन् । मसँग केवल दुईवटा दनियाँ मात्रै छन्ः एउटा काम र अर्को परिवार । मेरा लागि परिवार नै तागतको सबैभन्दा ठूलो स्रोत हो ।’ अडाणीले भनेका थिए ।
उनका तीनजना नातिनी छन् । फोब्र्सको रियल टाइम बिलिनियर्सका अनुसार गौतम अडाणी ७.०६ लाख करोड भारुबराबरको कुल सम्पत्तिका साथ विश्वको १७ औं धनी व्यक्तिको रुपमा छन् । -एजेन्सी