काठमाण्डौ । माया खोला हाईड्रोपावरले हकप्रद निष्कासन गर्ने भएको छ । आज एक समारोहबीच कम्पनी र सिटिजन्स क्यापिटल लिमिटेडबीच कम्पनीको हकप्रद सेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा माया खोला हाईड्रोपावर कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले माया खोला हाईड्रोपावर लिमिटेडको १ करोड कित्ता हकप्रद सेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमती लिन गर्नु पर्ने कार्यहरु तथा अनुमति पश्चातको बिक्री प्रबन्धकको कार्यहरु गर्नेछ ।

