काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २१ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१२ रुपैयाँ र बिक्रीदर १३३.७२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.०४ रुपैयाँ र बिक्रीदर १४३.६८ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.२७ रुपैयाँ र बिक्रीदर १६८.०२ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.५४ रुपैयाँ र बिक्रीदर ८६.९३ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.७८ रुपैयाँ र बिक्रीदर ८.८२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२५ रुपैयाँ र बिक्रीदर ३६.४१ रुपैयाँ, एक मलेसियन रिंगेटको खरिददर २८ रुपैयाँ र बिक्रीदर २८.१२ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५१ रुपैयाँ र बिक्रीदर ३६।६७ रुपैयाँ र एक बहराइन डिनारको खरिददर ३५३.०८ रुपैयाँ र बिक्रीदर ३५४.६७ रुपैयाँ कायम भएको छ ।