शुक्रबार, बैशाख ४,२०८३ 05:30:18
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 05:30:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डोनाल्ड ट्रम्पद्वारा युएफओ र एलियनसम्बन्धी गोप्य फाइल सार्वजनिक गर्ने घोषणा

Bizshala
डोनाल्ड ट्रम्पद्वारा युएफओ र एलियनसम्बन्धी गोप्य फाइल सार्वजनिक गर्ने घोषणा
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलियन जीवन, युएफओ (अनआइडेन्टिफाइड फ्लाइङ्ग अब्जेक्ट) तथा युएपी (अनआइडेन्टिफाइड एरियल फेनोमेना) सम्बन्धी गोप्य सरकारी कागजातहरू सार्वजनिक गर्ने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन्। फेब्रुअरी १९ मा आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत उनले पेन्टागन तथा अन्य सम्बन्धित निकायलाई ती फाइलहरू पहिचान गरी डिक्लासिफाइ गर्न आदेश दिने बताएका हुन्।

ट्रम्पले लेखेका छन्, ‘युएपी, युएफओ र एक्स्ट्राटेरेस्ट्रियल जीवनसँग सम्बन्धित सबै सरकारी फाइलहरूको पहिचान गरी सार्वजनिक गर्ने प्रक्रिया अघि बढाइनेछ।’ यस घोषणापछि अमेरिकामा युएफओ देखिने घटनाबारे पुनः बहस सुरु भएको छ। विभिन्न दाबीअनुसार अमेरिकामा हरेक महिना दर्जनौं युएफओ देखिने रिपोर्ट आउने गरेका छन्, यद्यपि तीमध्ये धेरै घटनाहरूको औपचारिक पुष्टि भने भएको छैन।

यसैबीच, अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले फेब्रुअरी १४, २०२६ मा सार्वजनिक भएको ‘नो लाई विथ ब्रायन टेलर कोहेनमा एलियनबारे सोधिएको प्रश्नमा ‘एलियन वास्तविक हुन सक्छन्, तर मैले उनीहरूलाई देखेको छैन’ भन्ने अभिव्यक्ति दिएका थिए। उनले चर्चित गोप्य सैन्य क्षेत्र एरिया ५१ मा एलियन राखिएको दाबी अस्वीकार गरेका थिए।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

एरिया ५१ सन्दर्भमा विगतमा विभिन्न षड्यन्त्र सिद्धान्तहरू सार्वजनिक भएका छन्, तर अमेरिकी सरकारले आधिकारिक रूपमा एलियन अस्तित्व पुष्टि गरेको छैन।

मानव सभ्यता पृथ्वीबाहिर एक्लो छ वा छैन भन्ने प्रश्न विज्ञानको प्रमुख अनुसन्धान विषयमध्ये एक हो। नासाकी अन्तरिक्ष यात्री सुनिता विलियम्सले पनि विगतमा पृथ्वीबाहिर जीवनको सम्भावना अस्वीकार गर्न नसकिने बताएकी थिइन्।

त्यस्तै, भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इस्रोका पूर्व प्रमुख एस सोमनाथले एलियन जीवनको सम्भावना उच्च रहेको तर त्यसको प्रत्यक्ष प्रमाण आफूहरूसँग नभएको बताएका छन्। उनका अनुसार यदि कुनै सभ्यता मानवभन्दा हजारौं वर्ष अगाडि विकसित भएको छ भने उनीहरू अन्तरग्रहीय यात्रा गर्न सक्षम हुन सक्छन्।

CG Motors
Garima Development Bank
IME remit

अमेरिकी सेनासँग सम्बद्ध केही पूर्व पाइलटहरूले पनि युएफओ देखेको दाबी गरेका छन्। पूर्व यूएस नेभी लेफ्टिनेन्ट रायन ग्रेभ्सले आफ्नो उडानका क्रममा अज्ञात उड्ने वस्तुहरू देखेको बताएका थिए।

हालै सार्वजनिक एक एटीसी (एयर ट्राफिक कन्ट्रोल) अडियो क्लिपमा रोड आइल्यान्ड माथि उडिरहेका एक पाइलटले आफ्नो विमान नजिकै सानो चाँदीको कन्टेनरजस्तो वस्तु देखेको उल्लेख गरेका छन्।

हालसम्म अमेरिकी सरकारले एलियन जीवनको औपचारिक पुष्टि गरेको छैन। तर राष्ट्रपति ट्रम्पको पछिल्लो घोषणाले गोप्य फाइलहरू सार्वजनिक भएमा यस विषयमा थप स्पष्टता आउने अपेक्षा गरिएको छ। वैज्ञानिक समुदाय भने प्रमाणमा आधारित अनुसन्धान आवश्यक रहेको बताउँदै आएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.