आईतवार, बैशाख ६,२०८३ 05:56:06
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:56:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बीमा व्यवसायको कमजोरीका कारण वर्कशायर हाथवेको सञ्चालन नाफामा तीव्र गिरावट

Bizshala
बीमा व्यवसायको कमजोरीका कारण वर्कशायर हाथवेको सञ्चालन नाफामा तीव्र गिरावट
Shivam Cement

काठमाण्डौ । अमेरिकी बहुराष्ट्रिय समूह वर्कशायर हाथवेले सन् २०२५ को चौथो त्रैमासिकमा सञ्चालन आम्दानीमा उल्लेखनीय गिरावट आएको जनाएको छ। कम्पनीका अनुसार बीमा व्यवसायमा कमजोरी देखिएपछि सञ्चालन नाफा घटेको हो।

चौथो त्रैमासिकमा कम्पनीको सञ्चालन आम्दानी १०.२ अर्ब अमेरिकी डलरमा सीमित रह्यो, जुन अघिल्लो वर्षको सोही अवधिको १४.५६ अर्ब डलरको तुलनामा करिब २९ प्रतिशतले कम हो।

यो प्रतिवेदन पूर्व प्रमुख कार्यकारी अधिकृत वारेन बफटेको नेतृत्वमा सार्वजनिक गरिएको अन्तिम त्रैमासिक नतिजा हो। उनले गत मे महिनामा वार्षिक सेयरधनी बैठकमार्फत पद त्यागको घोषणा गरेका थिए। सन् २०२६ को सुरुदेखि नयाँ प्रमुख कार्यकारी अधिकृत ग्रेग अबेलले जिम्मेवारी सम्हालेका छन्। उनले वार्षिक प्रतिवेदनसँगै जारी पत्रमा कम्पनीको वित्तीय अनुशासन र बलियो संस्कृतिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। वारेन बफेट भने अध्यक्षका रूपमा कायम छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बीमा अन्डरराइटिङ नाफा ५४ प्रतिशतले घटेर १.५६ अर्ब डलरमा झरेको छ, जुन अघिल्लो वर्ष ३.४१ अर्ब डलर थियो। त्यस्तै, बीमा लगानी आम्दानी पनि करिब २५ प्रतिशतले घटेर ३.१ अर्ब डलरमा सीमित भएको छ।

पूरा वर्ष २०२५ मा सञ्चालन आम्दानी ४४.४९ अर्ब डलर रह्यो, जुन २०२४ को ४७.४४ अर्ब डलरको तुलनामा कम हो। वार्षिक आधारमा बीमा अन्डरराइटिङ नाफा ७.२६ अर्ब डलरमा झरेको छ, जबकि अघिल्लो वर्ष ९ अर्ब डलर थियो। बीमा लगानी आम्दानी पनि १३.६ अर्ब डलरबाट घटेर १२.५ अर्ब डलरमा आएको छ।

कम्पनीको समग्र नाफा (सेयर बजार लगानीबाट हुने लाभ वा नोक्सान सहित) चौथो त्रैमासिकमा १९.२ अर्ब डलर रह्यो, जुन अघिल्लो वर्षको १९.७ अर्ब डलरभन्दा थोरै कम हो। यस अवधिमा कम्पनीले क्राफ्ट हेइन र अक्सिडेन्टल पेट्रोलियममा गरेको लगानीबाट ४.५ अर्ब डलर बराबरको मूल्यह्रास व्यहोरेको जनाएको छ। लगानीबाट प्राप्त लाभ भने १३.५ अर्ब डलर रहेको छ।

पूरा वर्षको समग्र नाफा ६६.९७ अर्ब डलरमा झरेको छ, जुन अघिल्लो वर्ष ८९ अर्ब डलर थियो। कम्पनीले भने छोटो अवधिको लगानी उतारचढावलाई अत्यधिक महत्व नदिन लगानीकर्तालाई आग्रह गरेको छ।

CG Motors
Garima Development Bank
IME remit

चौथो त्रैमासिकमा कम्पनीले सेयर पुनर्खरिद नगर्ने निर्णयलाई निरन्तरता दिएको छ। यस अवधिमा नगद सञ्चिति ३८१.६ अर्ब डलरबाट घटेर ३७३.३ अर्ब डलरमा आएको छ।

कम्पनीका क्लास ए सेयरहरू २०२५ मा १० प्रतिशतले वृद्धि भएका छन्, तर यो वृद्धि एस एण्ड पी ५०० को १६.४ प्रतिशत वृद्धिभन्दा कम हो। यद्यपि, सन् १९६५ देखि कम्पनीले वार्षिक औसत १९.७ प्रतिशत चक्रवृद्धि प्रतिफल दिएको छ, जुन एस एण्ड पी को औसतभन्दा झण्डै दोब्बर हो।

दीर्घकालीन अवधिमा कम्पनीले ६० लाख प्रतिशतभन्दा बढी समग्र प्रतिफल दिएको छ, जबकि सोही अवधिमा एस एण्ड पीको प्रतिफल ४६,०६१ प्रतिशत रहेको उल्लेख गरिएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.