बुधबार, श्रावण १३,२०८३ 02:35:00
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 02:35:00
Bizshala
Global IME Bank Limited

कुवेतमा खस्यो अमेरिकी लडाकु विमान, अमेरिकी दूतावासद्वारा सुरक्षित बस्न आग्रह

कुवेतमा खस्यो अमेरिकी लडाकु विमान, अमेरिकी दूतावासद्वारा सुरक्षित बस्न आग्रह
New Office

काठमाण्डौ । कुवेतको रक्षा मन्त्रालयले आइतबार बिहान केही अमेरिकी लडाकु विमान जमिनमा खसेको जानकारी दिएको छ। मन्त्रालयका अनुसार उक्त घटनामा संलग्न चालकदल सुरक्षित रहेका छन्। उनीहरूलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ।

कुवेत सरकारले घटनाका सम्बन्धमा आफ्नो अमेरिकी सहयोगीसँग समन्वय र छलफल गरिरहेको जनाएको छ। साथै, दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको मन्त्रालयले स्पष्ट पारेको छ।

 

यसैबीच, शनिबार अमेरिका र इसराइलले इरानमाथि आक्रमण गरेका थिए। आइतबार इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई इसराइल र अमेरिकाको हमलामा मारिएको खबर सार्वजनिक भएको छ।

यस्तै कुवेतमा रहेको अमेरिकी दूतावासले जनतालाई दूतावास नजान र आफ्नो घरभित्र सुरक्षित बस्न अनुरोध गरेको छ। स्थानीय र अन्तर्राष्ट्रिय रिपोर्ट अनुसार, सोमबार दूतावास नजिकै धुवाँ उठेको देखिएपछि सुरक्षा चेतावनी जारी गरिएको हो। अमेरिकी नागरिकहरूलाई घरभित्र, तलतिरको तल्लामा, झ्यालबाट टाढा रहन र बाहिर ननिस्कन सल्लाह दिइएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.