काठमाण्डौ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानसँगको परमाणु सम्झौताबाट अमेरिका बाहिरिने आफ्नो निर्णयको बचाउ गरेका छन्। ट्रम्पले भनेका छन्, ‘यदि मैले ओबामाको इरान परमाणु सम्झौता(जेसीपीओए) खारेज नगरेको भए, इरानसँग तीन वर्ष पहिले नै परमाणु हतियार हुने थियो।’
ट्रम्पले यो टिप्पणी आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत सार्वजनिक गरेका हुन्। यो वक्तव्य त्यतिबेला आएको हो जब अमेरिका र इजरायलले इरानसँगको तनाव बढ्दै गएको समयमा युद्धको तयारी संकेत गरेका छन्।
जेसीपीओए अर्थात् ज्याइन्ट कमप्रिहेन्सिभ प्लान अफ एक्शन, पूर्वराष्ट्रपति बराक ओबामाको कार्यकालमा लागू गरिएको सम्झौता हो। यसअनुसार इरानको परमाणु कार्यक्रममा सीमा लगाइएको थियो र साटोमा उसलाई केही आर्थिक प्रतिबन्धहरूबाट राहत दिइएको थियो।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिका यस सम्झौताबाट बाहिरिएको थिए। उनले हालको पोस्टमा जेसीपीओएलाई अहिलेसम्मको सबैभन्दा खतरनाक सम्झौता भनेर वर्णन गर्दै, यसको कार्यान्वयन भए आजको विश्व बिलकुल फरक हुने बताए।
साथै उनले यसका लागि बराक ओबामा र वर्तमान राष्ट्रपति जो बाइडनलाई जिम्मेवार ठहराएका छन्।

