काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २३ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२१ रुपैयाँ र बिक्रीदर १३३.८१ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.६७ रुपैयाँ र बिक्रीदर १४५.३२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.६४ रुपैयाँ र बिक्रीदर १६९.४० रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.०६ रुपैयाँ र बिक्रीदर ८८.४६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.७८ रुपैयाँ र बिक्रीदर ८.८२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२८ रुपैयाँ र बिक्रीदर ३६.४४ रुपैयाँ, एक मलेसियन रिंगेटको खरिददर २८.११ रुपैयाँ र बिक्रीदर २८२३ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५२ रुपैयाँ र बिक्रीदर ३६.६९ रुपैयाँ र एक बहराइन डिनारको खरिददर ३५३.३४ रुपैयाँ र बिक्रीदर ३५४.९३ रुपैयाँ कायम भएको छ ।