बिहीबार, श्रावण १४,२०८३ 11:27:39
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:27:39
Bizshala
Global IME Bank Limited

विश्वव्यापी तेल आपूर्ति संकटमा ३२ देशको संयुक्त प्रयास, ४०० मिलियन ब्यारेल तेल जारी गर्ने घोषणा

विश्वव्यापी तेल आपूर्ति संकटमा ३२ देशको संयुक्त प्रयास, ४०० मिलियन ब्यारेल तेल जारी गर्ने घोषणा
New Office

काठमाण्डौ । अमेरिका–इजरायलसँग इरानको युद्ध जारी छ । युद्धका कारणले विश्वव्यापी तनाव चरण अवस्थामा पुगेको छ । सबैभन्दा ठूलो चिन्ताको विषय भनेको तेल र ग्यासको आपूर्ति अवरुद्ध हुनु हो ।  

विशेषगरी हर्मुज स्ट्रेट बन्दपश्चात् अवस्था भयावह भइसकेको छ । विश्वका अधिकांश देशहरुमा ग्यास र तेलको अभाव सिर्जना भइसकेको छ ।  

यसैबीच इरानले कच्चा तेलको मूल्य प्रतिब्यारेल २०० डलर पुर्याई हर्मुजको मार्गबाट एक लिटर तेल पनि जान नदिने चेतावनी दिएको छ ।  

सोपश्चात् अन्तर्राष्ट्रिय उर्जा एजेन्सीका सबै ३२ सदस्य राष्ट्रहरु एकैसाथ आई ४०० मिलियन ब्यारेल तेलको बारेमा सर्वसम्मतिले ठूलो सम्झौता गरेका छन् ।  

अन्तर्राष्ट्रिय उर्जा एजेन्सीले अमेरिका–इजरायल र इरानसँगको युद्ध र यसका कारण हर्मुज स्ट्रेट प्रभावकारी रुपमा बन्द भएका कारण विश्वव्यापी रुपमा तेल बजारमा संकटकाबीच ठूलो कदम उठाइएको छ ।  

अन्तर्राष्ट्रिय उर्जा एजेन्सीले आफ्नो आपतकालिन रिजर्भबाट ४०० मिलियन ब्यारेल तेल फुकुवा गरिने घोषणा गरेको छ । उक्त सम्झौताअनुसार एजेन्सीका सबै ३२ वटै राष्ट्रहरुले सहमति जनाएका छन् । यस निर्णयको मुख्य उद्देश्य ग्लोबल आयल ट्रेडका लागि महत्वपूर्ण समुन्द्री रुट हर्मुजलाई इरानले बन्द गरेपछि तेल बिक्री वितरणमा ठूलो संकट कम गर्नु मानिएको छ ।  

साथै इरानको सेनाले भने बुधबार हर्मुजबाट एक लिटर तेलपनि बाहिर जान नदिने र विश्वभर प्रतिब्यारेल २०० डलरको लागि तयार हुनुपर्ने चेतावनी दिएको छ ।  

अन्तर्राष्ट्रिय उर्जा एजेन्सीका कार्यकारी निर्देशक फातिह बिरोलले ३२ सदस्य देश मिलेर विश्वव्यापी रुपमा देखिएको तेल संकटलाई कम गर्न विश्वव्यापी रुपमै लाग्नुपर्ने बताएका छन् ।  

अन्तर्राष्ट्रिय उर्जा एजेन्सी एक अन्तर्राष्ट्रिय संगठन हो, जुन विश्वमा उर्जा बजारको पूर्ण रुपमा निगरानी गर्दछ र यससँग सम्बन्धित पोलिसीका विषयमा सल्लाह दिने काम गर्दछ ।  

यस एजेन्सीसँग सार्वजनिक आपतकालिन रिजर्भको रुपमा १.२ अर्ब ब्यारेल भन्दा बढी तेल संचित रहेको छ । यसका साथै सरकारी कम्पनीहरुका लागि ६०० मिलियन ब्यारेल तेल संचित रहेको एजेन्सीले जनाएको छ । यसअघि एजेन्सीले सन् १९९१, २००५, २०११ र २०२२ मा दुईपटक आपतकालिन अवस्थामा तेल फुकुवा गर्ने निर्णय गरेको थियो ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.