काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) र ङादी ग्रुप पावरको बोनस सेयर सूचीकृत भएको हो ।
एचआइडीसीएलको १.५ प्रतिशत दरको कुल ३६ लाख ८३ हजार ९७२ कित्ता बोनस सेयर र ङादी ग्रुप पावरको ४.७५ प्रतिशत दरको कुल १७ लाख ५८ हजार ७१५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
उक्त सूचीकृत बोनस सेयर दोस्रो बजारमा भोलिदेखि नै कारोबार गर्न सकिनेछ ।

