काठमाण्डौ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ ९ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयदर अनुसार डलरको भाउ स्थिर रहेको हो ।
केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.६१ रुपैयाँ र बिक्रीदर १३३.२१ रुपैयाँ कायम भएको छ । राष्ट्र बैंकले हिजो पनि यहि दर निर्धारण गरेको थियो ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.४३ र बिक्रीदर १४४.९९ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.५१ र बिक्रीदर १६९.२७ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.३७ रुपैयाँ र बिक्रीदर ८७.७७ रुपैयाँ रहेको छ ।
प्रति कतारी रियालको खरिददर ३६.३७ र बिक्रीदर ३६.५४ रहेकोमा एक साउदी रियालको खरिददर ३५.३६ र बिक्रीदर ३५.५२ रहेको छ ।