काठमाण्डौ । पिपुल्स हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासनको लागि पूर्वस्वीकृति पाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको हो ।
सो पश्चात् कम्पनीले अब १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन पेश गर्नेछ ।
कम्पनीको आव २०८१/८२ को वार्षिक साधारण सभाबाट शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।