आईतवार, फाल्गुन ३,२०८२ 06:13:12
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 06:13:12
Bizshala
Global IME Bank Limited

हिन्डनबर्गको रिपोर्ट पछि अडानी समूह झनै बलियो, लगानी बढ्नुका साथै नयाँ परियोजनाहरू थपिए

हिन्डनबर्गको रिपोर्ट पछि अडानी समूह झनै बलियो, लगानी बढ्नुका साथै नयाँ परियोजनाहरू थपिए
Shivam Cement

काठमाण्डौ । हिन्डनबर्ग रिसर्चको प्रतिवेदन सार्वजनिक भएसँगै यसको फाइदा भारतीय धनाढ्य गौतम अडानी र उनको समूहलाई पुगेको छ । यो प्रतिवेदन सार्वजनिक भएपश्चात अडानी समूहको कारोबारलाई फाइदा पुगेको छ ।

अमेरिकी सर्ट सेलर हिन्डनबर्गले अडानी समूहमाथि सेयर बजारमा चलखेल गरेको आरोप लगाएको थियो । जुन आरोपलाई अडानी समूहले नकारेको थियो । उक्त आरोप लागेपछि अडानी समूह बलियो आधारभूत पक्षका कारण अझै मजबुत तरिकाले उदाएको छ ।  

 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो प्रतिवेदनपश्चात अडानी समूहले आफ्नो सबै कम्पनीहरुको कर्जा घटाउनतर्फ ध्यान केन्द्रित गरेको छ । यति मात्रै नभई समूहमा अमेरिका देखि मध्य–पूर्वका देशहरुबाट समेत लगानी भित्रियो । अडानी समूहलाई ठूला–ठूला प्रोजेक्टहरु प्राप्त भए । अडानी समूहले अहिले आफ्नो रणनीतिमा ठूलो सुधार गरेको छ । उसले आफ्ना लगानीकर्ता र कर्जादाताहरुसँग प्रत्यक्ष संवाद स्थापित गरेको छ र उनीहरुलाई प्रत्येक निर्णयको विस्तृत जानकारी उपलब्ध गराउन थालेको छ । अडानी समूहले भारतको आर्थिक राजधानी मुम्बईमा नयाँ विमानस्थल निर्माण गरिरहेको छ ।  

हिन्डनबर्गको प्रतिवेदनको प्रभाव अहिलेसम्म परिरहेको छ । यद्यपी अडानी समूहको सेयरहरुमा गत वर्षको न्यूनतम स्तरभन्दा ९० करोड डलर भन्दा बढी वृद्धि देखिएको छ । तर अहिलेपनि यसको भ्यालुएसन हिन्डनबर्गको विवादभन्दा अघिको स्तरबाट ६० करोड डलर तल छ ।  

यस बीचमा समूहको अधिकांस डलर बोन्डस्को घाटा रिकभरी भएको छ । विपक्षी पार्टीहरुले गौतम अडानीको प्रधानमन्त्री नरेन्द्र मोदिसँगको निकटता र उनको अफसोर कम्पनीहरुमाथि प्रश्न उठाउँदै आईरहेका छन् । अडानी समूहको पोर्टस बिजनेशका अडिटर्सहरुले गत वर्ष राजीनामा दिएका थिए ।  

जसका कारण अडानी समूहको लेखा प्रणालीप्रति प्रश्न उठाइएको थियो । समूहका प्रतिनिधिहरुले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । उनीहरुले सबै नियमको पालना गरेको सबै लेखाका नियमहरु पालना गरेको बताएका छन् ।  -एजेन्सी

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.