काठमाण्डौ । जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तबीच मर्जरमा जाने सहमति भएको छ ।
मोरङ्ग जिल्ला कटारी गाउँपालिका वडा नं. २ मा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त र बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. ११ कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्तबीच एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा चैत १४ गते समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
साथै नेपाल धितोपत्र बोर्डको व्यवस्थाबमोजिम साधारण सभा सम्पन्न नभएसम्म संस्थाका आधारभुत सेयरधनीहरुको सेयर कारोबार रोक्का गरिएको छ ।

