काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २७ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.०१ रुपैयाँ र बिक्रीदर १३३.६१ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.०१ रुपैयाँ र बिक्रीदर १४४.६६ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.९३ रुपैयाँ र बिक्रीदर १६८.६८ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.६३ रुपैयाँ र बिक्रीदर ८८.०२ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.७६ रुपैयाँ र बिक्रीदर ८.८० रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२२ रुपैयाँ र बिक्रीदर ३६.३८ रुपैयाँ, एक मलेसियन रिंगेटको खरिददर २७.९९ रुपैयाँ र बिक्रीदर २८.१२ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.४७ रुपैयाँ र बिक्रीदर ३६.६३ रुपैयाँ र एक बहराइन डिनारको खरिददर ३५२.८० रुपैयाँ र बिक्रीदर ३५४.३९ रुपैयाँ कायम भएको छ ।