काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)को अध्यक्षमा मनोहर दास मुल पुनःनियुक्त भएका छन् । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले मुललाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो ।
यस्तै आजै सम्पन्न कम्पनीको २७ औं साधारण सभाबाट संस्थापक सेयरधनी समूह(क)बाट सञ्चालक सििमतिमा प्रतिनिधित्व हुने ४ जनामध्ये कम्पनीको नियमावली बमोजिम वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पीएलसीका अजित रोहण गुणवद्र्धना(श्रीलंकाबाट मनोपनत भएर आएका),मनोहर दास मुल,लोकमान्य गोल्छा र सिद्धार्थ राजमणी भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
यसका साथै,सर्वसाधारण सेयरधनी समूह ‘ख’बाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकमा अरुण राज श्रेष्ठ र बिजन भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।