काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २८ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.०१ रुपैयाँ र बिक्रीदर १३३.६१ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.५६ रुपैयाँ र बिक्रीदर १४५.२१ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.७४ रुपैयाँ र बिक्रीदर १६९.५० रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.११ रुपैयाँ र बिक्रीदर ८८.५० रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.७६ रुपैयाँ र बिक्रीदर ८.८० रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२२ रुपैयाँ र बिक्रीदर ३६.३८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३९ रुपैयाँ र बिक्रीदर १८.४७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.०२ रुपैयाँ र बिक्रीदर २८.१४ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.४७ रुपैयाँ र बिक्रीदर ३६.६३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३२.६८० रुपैयाँ र बिक्रीदर ४३४.६३ रुपैयाँ कायम भएको छ ।