बुधबार, श्रावण १३,२०८३ 02:36:40
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 02:36:40
Bizshala
Global IME Bank Limited

तेलको मूल्य २% बढीले वृद्धि, होर्मुज जलमार्गको तनावले आपूर्ति जोखिम झनै बढ्यो

तेलको मूल्य २% बढीले वृद्धि, होर्मुज जलमार्गको तनावले आपूर्ति जोखिम झनै बढ्यो
New Office

काठमाण्डौ । विश्व बजारमा कच्चा तेलको मूल्य पुनः वृद्धि भएको छ। अमेरिका र इरानबीच दोस्रो चरणको शान्ति वार्ता अवरुद्ध भएपछि आपूर्तिसम्बन्धी अनिश्चितता बढ्दा तेलको मूल्यमा २ प्रतिशत बढीले वृद्धि भएको हो।

अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य २.१७ प्रतिशत अर्थात २.२९ डलरले बढेर प्रतिब्यारेल करिब १०७.६ डलर पुगेको छ। त्यस्तै, डब्लुटीआई क्रुडको मूल्य पनि २.०३ प्रतिशत अर्थात १.९२ डलरले बढेर प्रतिब्यारेल ९६.३२ डलर कायम भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानमा इरानी पक्षसँग हुने भनिएको वार्ता टोली पठाउने योजना रद्द गरिएको बताएका छन्। यस घटनाले मध्यपूर्वमा कूटनीतिक अनिश्चितता थपिएको छ।

विशेषज्ञहरूका अनुसार, इरानसँगको तनाव सुरु भएदेखि नै विश्व ऊर्जा आपूर्ति दबाबमा परेको छ। विशेषगरी, विश्वको करिब २० प्रतिशत कच्चा तेल र तरल प्राकृतिक ग्यास बोक्ने महत्वपूर्ण मार्ग होर्मुज जलसन्धि हालको द्वन्द्वका कारण प्रभावित भएको छ।

इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले ओमानसँग क्षेत्रीय स्थिरता र सुरक्षित पारवहनबारे छलफल भइरहेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत छिमेकी देशहरूसँगको सहकार्यलाई प्राथमिकतामा राखिएको उल्लेख गरेका छन्।

अराघची हाल रूसको सेन्ट पिटर्सबर्गमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ताका लागि पुगेको इरानी सरकारी समाचार संस्था इरनाले जनाएको छ।

विश्लेषकहरूका अनुसार, यदि होर्मुज जलमार्ग लामो समयसम्म अवरुद्ध रह्यो भने विश्व बजारमा तेल मात्र नभई परिवहन, औषधि र उपभोग्य वस्तुहरूको मूल्यमा समेत व्यापक प्रभाव पर्न सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.