बुधबार, श्रावण १३,२०८३ 02:24:46
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 02:24:46
Bizshala
Global IME Bank Limited

इन्डोनेसियाको एक निर्णयले भारतीय मध्यम वर्गमा किन बढायो चिन्ता, महँगीको दबाब थपिने संकेत

इन्डोनेसियाको एक निर्णयले भारतीय मध्यम वर्गमा किन बढायो चिन्ता, महँगीको दबाब थपिने संकेत
New Office

काठमाण्डौं, इरानमा युद्धका कारण तेलको मूल्य बढ्दै गएको अवस्थामा इन्डोनेसियाले नयाँ ऊर्जा नीति अन्तर्गत B50 बायोफ्यूल शुरु गर्ने घोषणा गरेको छ।  

यो इन्धन ५०% पाम तेलमा आधारित बायोडिजेल र ५०% परम्परागत डिजेलको मिश्रण हो। हाल यसको परीक्षण चरण चलिरहेको छ र जुलाईसम्म औपचारिक रूपमा प्रयोगमा ल्याउने योजना छ।

भारतमा यसको प्रभाव

भारतले आफ्नो पाम तेल आवश्यकताको ५० प्रतिशतभन्दा बढी हिस्सा इन्डोनेसियाबाट आयात गर्छ। 

यस्तो अवस्थामा इन्डोनेसियामा घरेलु खपत बढेमा भारतका लागि आपूर्तिमा कमी आउन सक्छ।  

आपूर्ति घटेमा खाद्य तेलको मूल्य बढ्ने सम्भावना रहन्छ, जसले बजारमा महँगी थप्न सक्छ।

पाम तेलको प्रयोग बिस्कुट, स्न्याक्स, साबुन र शैम्पूजस्ता दैनिक उपभोग्य वस्तुहरूको उत्पादनमा व्यापक रूपमा हुन्छ।  

त्यसैले यसको मूल्य वृद्धि हुँदा यी सबै उत्पादनहरूको लागत पनि बढ्नेछ र उपभोक्ता मूल्यमा असर पर्नेछ।

इन्डोनेसियाको योजना

सन् २०२५ सम्म इन्डोनेसियाले कच्चा तेलको शुद्ध आयात करिब ७.८ अर्ब अमेरिकी डलरसम्म पुगेको जनाएको छ।  

यही निर्भरता घटाउन द्यछण् बायोडिजेल कार्यक्रम ल्याइएको हो, जसले पाम तेलमा आधारित इन्धन प्रयोगमार्फत आयात कम गर्ने लक्ष्य राखेको छ।

यो नीति बढ्दो भू-राजनीतिक अस्थिरता र विश्व बजारमा तेलको मूल्य १०० डलर प्रति ब्यारेलभन्दा माथि पुगेको अवस्थाबीच आएको हो। 

यसले ऊर्जा सुरक्षालाई मजबुत बनाउने इन्डोनेसियाको रणनीति पनि देखाउँछ।

साथै, यो नीति इन्डोनेसियाको दिगो विमानन इन्धन (Sustainable Aviation Fuel - SAF) योजनासँग पनि सम्बन्धित छ।  

सन् २०२७ देखि सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थल र इ गुस्ती नगुराह राय अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने केही उडानहरूमा करिब १५ क्ब्ँ मिश्रित इन्धन प्रयोग गर्ने योजना छ, जुन सम्भवतः पाम तेलबाट प्राप्त हुनेछ।

हाल यसको मिश्रण अनुपात कम भएपनि, यसले इन्डोनेसियाले भविष्यमा सडक यातायात मात्र होइन, उड्डयन क्षेत्रमा पनि बायोफ्यूल विस्तार गर्ने दीर्घकालीन रणनीति अघि बढाइरहेको संकेत गर्छ। 

एजेन्सी /एबीपी न्यूज

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.