काठमाण्डौ । घरेलु उपकरणको प्रख्यात ब्राण्ड गोदरेजले नयाँ वर्षमा ‘थटफूल न्यू इयर विशेष’नामक अभियान सुरु गरेको छ। यस अभियानअन्तर्गत ग्राहकहरुले गोदरेजका घरायसी सामानहरु खरिद गर्दा रु.३० हजारसम्मको आकर्षक क्यासब्याक र पक्का उपहारहरु प्राप्त गर्न सक्नेछन्।
यो योजनाअन्तर्गत ग्राहकहरुले सिंगल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कुलरको खरिदमा आकर्षक क्यासब्याक, डबल डोर रेफ्रिजरेटरको खरिदमा सिजी फ्राइ प्यान वा क्यासरोल र साइड–बाइ–साइड डोर रेफ्रिजरेटरको खरिदमा सिजी मिक्सर ग्राइन्डर पक्का उपहार प्राप्त गर्न सक्नेछन्।
त्यस्तै ,ग्राहकहरुले ट्वीनटप वा टपलोड वासिङमेसिनको खरिदमा ३ लिटर एरियल र माइक्रोवेभको खरिदमा निःशुल्क कुकिङ किट प्राप्त गर्न सक्नेछन्।
यो योजना चैत्र ३०, २०८० बाट सुरु भई नेपाल भर सीमित अवधिको लागि लागू हुने कम्पनीले जनाएको छ ।