काठमाण्डौ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनीको सेयरमूल्यमा व्यापक गिरावट आएको छ । डोनाल्ड ट्रम्पको कम्पनी,‘ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुप’को सेयरमूल्य सोमबार एकै दिन १८ प्रतिशतले घटेको छ ।
कम्पनीले ट्रम्पको स्वामित्वमा रहेको सबै सेयरसहित लाखौं कित्ता सेयर बिक्री गर्ने घोषणा गरेपछि कम्पनीको सेयरमूल्यमा व्यापक गिरावट आएको हो । अमेरिकी सेयर बजारमा गत मार्च २६ गते सूचीकृत भएसँगै कम्पनीको सेयरमूल्य तीव्र रुपमा उचारचढाव भईरहेको छ । यो कम्पनीले ट्रम्पका बफादार फ्यान र सर्ट सेल गर्ने कारोबारीलाइ्र्र आकर्षित गरिरहेको छ । कम्पनीको सेयरमूल्य ओभरभ्याल्युड भएको लगानीकर्ताले बताएका छन् ।
प्रतिकित्ता ७०.९० डलरमा कारोबार खुलेको यो कम्पनीको सेयरमूल्य कारोबार खुलको पहिलो दिनदेखि ६० प्रतिशतले घटिसकेको छ । सोमबार यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता २६.४ डलरमा कारोबार बन्द भएको छ ।
अन्तराष्ट्रिय मिडियाले कम्पनीले कुल १४६.१ मिलियन कित्ता सेयर बिक्री गर्ने सम्भावना रहेको बताएका छन् । यसमा ट्रम्पको स्वामित्वमा रहेको ११४.८ मिलियन कित्ता पनि समावेश छ । -एजेन्सी