सोमबार, श्रावण १८,२०८३ 06:08:37
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:08:37
Bizshala
Global IME Bank Limited

दरबारमार्गमा ‘एक्स्ट्रिम स्याटरडे’को तयारी, सडक फेरि बन्ने युवा र मनोरञ्जनको केन्द्र

दरबारमार्गमा ‘एक्स्ट्रिम स्याटरडे’को तयारी, सडक फेरि बन्ने युवा र मनोरञ्जनको केन्द्र
New Office

काठमाण्डौ । राजधानीको प्रमुख पर्यटकीय तथा व्यावसायिक क्षेत्र दरबारमार्गमा फेरि एकपटक सांगीतिक, सांस्कृतिक र मनोरञ्जनात्मक माहोल बन्ने भएको छ । 

आगामी जेठ ९ गते आयोजना हुन लागेको ‘१९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल’ यसपटक ‘एक्स्ट्रिम स्याटरडे (Xtreme Saturday)’ को थीमसहित आयोजना गरिन लागेको हो ।

दरबारमार्ग विकास बोर्डको पहलमा माभेरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा आयोजना हुन लागेको यो महोत्सवलाई यसवर्ष ‘एक्स्ट्रिम इनर्जी ड्रिंक’ले मुख्य प्रायोजन गरेको आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सवले युवादेखि परिवारसम्म सबै उमेर समूहलाई लक्षित गर्दै मनोरञ्जन, संगीत, खानपान र सांस्कृतिक गतिविधिलाई एकै थलोमा ल्याउने तयारी गरिएको छ ।

हरेक वर्षझैँ यसपटक पनि दरबारमार्ग क्षेत्रमा खुला सडक महोत्सवको स्वरूपमा आयोजना हुने कार्यक्रम सर्वसाधारणका लागि निःशुल्क रहनेछ । आयोजकले महोत्सवलाई काठमाडौँको ‘अर्बन लाइफस्टाइल फेस्टिभल’को रूपमा स्थापित गर्ने प्रयास भइरहेको जनाएको छ ।

महोत्सवमा बालबालिकाका लागि विभिन्न खेल, थ्री–बाइ–थ्री बास्केटबल, ई–स्पोर्ट्स, कोस्प्ले, फोटो बुथ, सांस्कृतिक झाँकी तथा विभिन्न स्वादका खानाका स्टलहरू रहनेछन् । त्यस्तै मुख्य स्टेजसँगै सहायक स्टेजमा पनि डीजे प्रस्तुति र लाइभ म्युजिकले माहोल तताउने बताइएको छ ।

यसपटकको सांगीतिक प्रस्तुतिमा चर्चित ब्यान्ड तथा कलाकारहरूको सहभागिता रहनेछ । आयोजकका अनुसार John & The Locals, The Axe, Folktronics, ST Man, Jay Author, Salin Magar & Band, Preezol Nepal & Sarara तथा Gone Elvis ले प्रस्तुति दिनेछन् ।

कार्यक्रम सञ्चालन रेमन दास श्रेष्ठ, रुविष्का श्रेष्ठ, सुदित श्रेष्ठ र सलिना महर्जनले गर्ने तय भएको छ ।

पछिल्ला वर्षहरूमा दरबारमार्ग स्ट्रिट फेस्टिभलले राजधानीको सांस्कृतिक तथा पर्यटन गतिविधिमा विशेष आकर्षण थप्दै आएको छ । विशेषगरी युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको यो महोत्सवले होटल, रेस्टुरेन्ट, क्याफे र खुद्रा व्यापार क्षेत्रमा समेत चहलपहल बढाउने अपेक्षा गरिएको छ ।

आयोजकका अनुसार यसवर्षको ‘एक्स्ट्रिम स्याटरडे’ अघिल्ला संस्करणभन्दा अझ बढी ऊर्जावान, भव्य र स्मरणीय बनाइने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.