बिहीबार, असार १८,२०८३ 04:45:42
Bizshala
  • बिहीबार, असार १८,२०८३ 04:45:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रकाशशरण महतको सुझाव : ‘नेपाल एयरलाइन्स जोगाउन निजीकरण मोडलमा जानैपर्छ’

Laxmi Sunrise Bank Limited
प्रकाशशरण महतको सुझाव : ‘नेपाल एयरलाइन्स जोगाउन निजीकरण मोडलमा जानैपर्छ’

काठमाण्डौ । पूर्वअर्थमन्त्री प्रकाश शरण महत ले सरकारले अब संरचनागत सुधारमा आँट गर्नुपर्ने बताएका छन्।

उनले सामाजिक सुरक्षा भत्ता सम्पन्न वर्गलाई दिन रोक्नुपर्ने र नचाहिने सरकारी संरचना हटाउनुपर्ने सुझाव दिए।

New Office
CG Motors
Garima Development Bank

नेपाल एयरलाइन्सबारे बोल्दै उनले आफूले निजीकरण मोडलमा लैजान खोज्दा सफल हुन नसकेको स्वीकार गरे। “मैले गर्न नसकेको काम तपाईं गरिहाल्नुस्,” भन्दै उनले अर्थमन्त्री वाग्लेलाई चुनौती दिए।

सरकारी उद्योग र जमिन निजी क्षेत्रलाई लिजमा दिएर सञ्चालन गर्नुपर्ने सुझाव दिँदै उनले उत्पादन बढाउन नसक्ने राज्य संरचना बोझ बन्दै गएको बताए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ठूला ठेक्कामा सीमित व्यवसायीको मिलेमतो हुने गरेको आरोप लगाउँदै पाँच अर्बभन्दा माथिका ठेक्का टुक्र्याएर प्रतिस्पर्धा बढाउनुपर्ने धारणा राखे।

उत्पादनका आधारमा मात्रै कृषि अनुदान दिने नीति लिनुपर्ने तथा आयातित कृषि उपजमा भ्याट लगाउनुपर्ने सुझाव पनि उनले दिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.