काठमाण्डौ । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल ले सरकारलाई ‘सुधारको प्रतिबद्धता व्यवहारमा देखाउन’ आग्रह गरेका छन्।
उनले बलियो सरकार, स्पष्ट जनमत र बुझेको अर्थमन्त्री अहिलेको सकारात्मक पक्ष भएको बताए।
पौडेलले खर्चको अनुमान गरेर बजेट बनाउने पुरानो प्रवृत्ति रोक्नुपर्ने धारणा राखे। स्थानीय चुनावको चिन्ताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित हुनुपर्ने उनको सुझाव थियो।
खानी उत्खनन र ढुंगागिट्टी निर्यातको विषयमा आफूले आलोचना खेप्नुपरेको स्मरण गर्दै उनले “अब आँट गर्नुपर्छ” भन्ने धारणा राखे।
बुढीगण्डकीजस्ता गेम चेन्जर परियोजनालाई भाषण र गीतमा सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।