काठमाण्डौ । पूर्वअर्थमन्त्री जनार्दन शर्मा ले बजेटलाई राजनीतिक प्रतिबद्धता कार्यान्वयन गर्ने दस्तावेजको रूपमा व्याख्या गर्दै सरकारी खर्च कटौतीमा ‘निर्मम’ बन्न सरकारलाई सुझाव दिएका छन्।
उनले विश्व अर्थतन्त्र अहिले अस्थिर अवस्थामा रहेको उल्लेख गर्दै नेपालले आत्मनिर्भर उत्पादन र रोजगारी सिर्जनामा जोड दिनुपर्ने बताए।
शर्माले फलाम, तामा लगायतका खानी उत्खनन, हाई–अल्टिच्युड खेल पूर्वाधार, रासायनिक मल कारखाना र औषधि उद्योगमा राज्यको प्रत्यक्ष लगानी आवश्यक रहेको धारणा राखे।
“ताजा तरकारी नेपालकै खाने वातावरण बनाउनुपर्छ,” भन्दै उनले कृषि आत्मनिर्भरता आवश्यक रहेको बताए।
उनले निजी क्षेत्रको आत्मविश्वास, लगानी सुरक्षा, सीपसहितको शिक्षा तथा सीमा क्षेत्रका बजार पुनर्जीवित गर्ने कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए।
जुम्लासम्म सुरुङमार्ग निर्माण गर्न सके कर्णालीको आर्थिक समृद्धिमा ठूलो परिवर्तन आउने दाबी समेत उनले गरे।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।