काठमाण्डौ । पछिल्लो केही सयमदेखि कच्चा तेलको मूल्यले विश्वलाई आतंकित बनाईरहेको छ । कच्चा तेलको मूल्य आकाशिने भयले विश्वभर महङ्गी बढ्ने चिन्या व्याप्त रहेको छ । तर साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता चाँडैन्र कच्चा तेलको मूल्य क्रयास हुने र तीव्र गतिमा तल झर्ने बताएका थिए । उनले बोलेको उक्त कुरा पुरा हुने जस्तो देखिएको छ ।
ट्रम्पले दिएको नयाँ अभिव्यक्तिका कारण विश्व बजारमा कच्चा तेलको मूल्य घट्ने संकेत देखिएको छ । ट्रम्पले इरानसँगको युद्ध अन्तिम मोडमा पुगेको र शान्ति सम्झौता हुने लगभग निश्चित भएको बताएका छन् । यद्यपी उनले त्यहि सम्झौतामा मात्रै हस्ताक्षर गर्ने जहाँ अमेरिकाका सबै शर्तहरु पुरा हुनेछन् । यसमा स्ट्रेट अफ हर्मुज खोल्ने, विदेशी बैंकमा फसेको इरानी सम्पत्ति अनफ्रिज गर्ने र दुवै देशबीच वार्तालाप जारी राख्ने जस्ता मुद्दाहरु रहेका छन् । ट्रम्पले इरानको प्रस्तावमाथि सल्लाहकारहरुसँग छलफल गर्ने र उक्त बैठकको निर्णयपश्चात युद्ध जारी राख्ने वा अन्त्य गर्नेबारे निर्णय लिने समेत बताएका छन् ।
ट्रम्पको अभिव्यक्तिपश्चात कच्चा तेलको मूल्यमा गिरावट आउने अपेक्षा विश्लेषकहरुको रहेको छ । बढ्दो कच्चा तेलको मूल्यका कारण विश्वका अधिकांश देशहरु प्रभावित बनेका छन् । यसले विश्वका अर्थतन्त्र डामाडोल हुने भय प्रकट भएको छ ।
पछिल्लो समय कच्चा तेलको मूल्य निरन्तर प्रतिब्यारेल १०० डलरको आसपास रहँदै आएको छ । हाल डब्लुटीआई क्रुडको मूल्य ९६.६० डलर र ब्रेन्ट क्रुडको मूल्य १०३ डलर रहेको छ ।
यदि ट्रम्पले भने जस्तो इरान–अमेरिकाबीचको युद्ध अन्त्य भयो भने यसले कच्चा तेलको मूल्यमा गिरावट आउने देखिन्छ । इरानसँग कच्चा तेलको् ठूलो भण्डारण रहेको र हर्मुज जलमार्गमा सहज आवतजावत हुने भएकाले यसले आपूर्ति श्रृंखला बलियो बनि मूल्य घट्ने विश्लेषकहरुको तर्क छ ।

