आईतवार, फाल्गुन ११,२०८१ 10:07:26
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:07:26
IME remit
Global IME Bank Limited

अमेरिकाको बढ्दो ऋणको भारी बाँकी विश्वका लागि खतरा बन्न सक्ने आइएमएफको चेतावनी

Hyundai Nepal
अमेरिकाको बढ्दो ऋणको भारी बाँकी विश्वका लागि खतरा बन्न सक्ने आइएमएफको चेतावनी
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी सरकारको ऋणको उच्च र बढ्दो स्तरले विश्वभरको ऋण लागत बढाउने र विश्वव्यापी वित्तीय स्थिरतालाई कमजोर बनाउने जोखिम बढेको  अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले चेतावनी दिएको छ।

अमेरिकाको बढ्दो सरकारी खर्च, बढ्दो सार्वजनिक ऋण र ब्याज दरले ट्रेजरीहरूमा उच्च र अस्थिर ब्याजदरको अवस्था सिर्जना भएको छछ । यसले ब्याजदर उच्च हुने जोखिम निम्ताएकोे आइएमएफले चेतावनी दिएको छ । अमेरिकाको ऋणको आकार ३५ ट्रिलियन डलरको रेकर्ततोड स्तरमा पुगेको छ ।  

आइएमएफले दिर्घकालिन अमेरिकी सरकारी बन्डहरूको प्रतिफलमा भएको वृद्धि अन्य उन्नत र विकासशील अर्थतन्त्रहरूको सरकारी ऋणपत्रको प्रतिफलमा भएको वृद्धि समान रहेको जनाएको छ ।  

‘अमेरिकाको खुकुलो आर्थिक नीतिले विश्वव्यापी ब्याजदर र डलरमाथि दबाब दिन्छ ।’ आईएमएफको वित्तीय मामिला विभागका निर्देशक भिटोर गास्परले भने,‘यसले बाँकी विश्वको कोष लागत बढाउँछ, जसले गर्दा विद्यमान कमजोरी र जोखिमहरू पनि बढाउँछ ।’

यो हप्ता दोस्रो पटक आईएमएफले अमेरिकी सरकारमाथि निशाना साधेको हो। गत मङ्गलबार आइएमइफले सार्वजनिक खर्च र उधारोले अमेरिकी अर्थतन्त्रलाई ‘ओभरहिटीङ’ बनाउन योगदान पुर्‍याइरहेको र यसले फेडरल रिजर्भलाई मुद्रास्फीतिलाई पराजित गर्न गाह्रो बनाएको जनाएको थियो ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

उच्च ब्याज दरहरूले आम मानिस र व्यवसायीहरुको ऋणको ब्याज भुक्तानी अझ महँगो बनाउने र यसले बैंक र अन्य ऋणदाताहरूलाई घाटा निम्त्याउन सक्ने भएकाले वित्तीय अस्थिरता बढ्न सक्ने आइएमएफले जनाएको छ ।  

आईएमएफको अमेरिकी सरकारको बढ्दो ऋणको भारीले थप चिन्ता उत्पन्न भएको जनाएको छ । मंगलबार फेड अध्यक्ष जेरोम पावेलले अमेरिकामा निरन्तर मुद्रास्फीतिको कारणले आधिकारिक ब्याज दरहरू अझै केही समयको लागि उच्च रहन सक्ने संकेत गरेपछि ट्रेजरीको ब्याजदर वर्षकै उच्च कायम भएको थियो ।  

यदि अमेरिकी मुद्रास्फीति उच्च रह्यो भने, यसले ब्याज दर कटौतीको लागि लगानीकर्ताहरूको आशालाई कमजोर पार्न सक्ने र यसले विश्वभरका स्टक र सरकारी बन्डहरू लगायत वित्तीय सम्पत्तिहरुमा व्यापक बिक्री दबाब पर्ने आईएमएफले चिन्ता व्यक्त गरेको छ । यसले अमेरिकी अर्थतन्त्र पनि प्रभावित बन्ने आइएमएफले जनाएको छ ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.