काठमाण्डौ । चीनको प्रमुख ईभी निर्माता कम्पनी बीवाईडीले हालका वर्षहरूमा देखिएको आफ्नो तीव्र वृद्धि पछि पहिलो पटक उल्लेखनीय आर्थिक दबाब सामना गरिरहेको छ। कम्पनीको मुनाफा घट्नुका साथै घरेलु बजारमा बिक्री पनि लगातार कमजोर देखिएको छ।
२०२६ को सुरुवातदेखि बीवाईडीको बिक्रीमा लगातार गिरावट देखिएको छ। घरेलु बजारमा माग कमजोर हुनु र प्रतिस्पर्धा तीव्र हुनु यसका प्रमुख कारण मानिएको छ। हालै सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा चार वर्षयता पहिलोपटक घटेको छ ।
चीनको ईभी बजारमा चलिरहेको मूल्य युद्धले कम्पनीको मार्जिनमा थप दबाब पारेको जनाइएको छ ।
कम्पनीलाई यतिबेला घरेलु प्रतिस्पर्धीहरूले कडा चुनौती दिइरहेका छन्। अर्को ईभी निर्माता ग्लीले केही महिनामा बिक्रीमा बीवाईडीलाई पछाडि पार्दै चीनको शीर्ष ईभी निर्माताको स्थान समेत लिएको रिपोर्टहरू सार्वजनिक भएका छन् ।
त्यस्तै, एक्सपेङ, ली–अटो र अन्य नयाँ टेक–केन्द्रित कम्पनीहरूले स्मार्ट ककपिट, एआई र डिजिटल इकोसिस्टममा ध्यान केन्द्रित गर्दै बजार हिस्सामा तीव्र वृद्धि गरिरहेका छन्।

