बुधबार, असार ३,२०८३ 03:01:56
Bizshala
  • बुधबार, असार ३,२०८३ 03:01:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मस्कको स्पेसएक्स बन्यो विश्वको पाँचौ ठूलो मूल्यवान कम्पनी, माइक्रोसफ्ट र अमेजनलाई उछिन्यो

Laxmi Sunrise Bank Limited
मस्कको स्पेसएक्स बन्यो विश्वको पाँचौ ठूलो मूल्यवान कम्पनी, माइक्रोसफ्ट र अमेजनलाई उछिन्यो
Shivam Cement

काठमाण्डौ । अमेरिकी धनाढ्य एलन मस्क नेतृत्वको स्पेसएक्सको सेयर मूल्य मंगलबार १४ प्रतिशतभन्दा बढीले उकालो लागेपछि कम्पनीको बजार पूँजीकरण (मार्केट क्याप) करिब २.८५ ट्रिलियन अमेरिकी डलर पुगेको छ। यस वृद्धिसँगै स्पेसएक्स विश्वकै सबैभन्दा मूल्यवान कम्पनीहरूको सूचीमा पाँचौं स्थानमा पुगेको छ।

कम्पनीको सेयर मंगलबार २२० डलरको आसपास कारोबार भएको थियो, जुन यसको १३५ डलरको आईपीओ मूल्यभन्दा ६० प्रतिशतभन्दा बढी उच्च हो। पछिल्ला केही दिनदेखि लगानीकर्ताहरूको तीव्र खरीदका कारण सेयर मूल्य लगातार बढिरहेको छ।

स्पेसएक्सको तीव्र वृद्धिसँगै कम्पनीले अमेजनलाई बजार मूल्यमा पछि पारेको छ। मंगलबारको कारोबारका क्रममा स्पेसएक्सले केही समयका लागि माइक्रोसफ्टलाई समेत उछिनेको थियो, यद्यपि पछि यसको मूल्य केही घटेको थियो।

Bizshala
New Office
CG Motors

सोमबार र मंगलबारको लगातार वृद्धिका कारण एलन मस्कको व्यक्तिगत सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको छ। बजार विश्लेषकहरूका अनुसार स्पेसएक्सको सेयर उछालले मस्कको सम्पत्तिमा एकै दिन अर्बौं डलर थपिएको छ।

मंगलबारदेखि स्पेसएक्ससँग सम्बन्धित अप्सन्स कारोबार सुरु भएपछि लगानीकर्ताको चासो झन् बढेको छ। पहिलो दिनमै रेकर्ड स्तरको अप्सन कारोबार भएको र धेरैजसो लगानीकर्ता सेयर मूल्य अझ बढ्ने अपेक्षामा रहेको देखिएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

बजार विश्लेषकहरुका अनुसार यदि ‘कल अप्सन’ को माग उच्च रह्यो भने डिलरहरूले थप सेयर खरिद गर्नुपर्ने अवस्था आउन सक्छ, जसले सेयर मूल्यमा थप दबाब सिर्जना गर्न सक्छ।

यद्यपि स्पेसएक्सको अभूतपूर्व वृद्धिप्रति सबै विश्लेषक आशावादी छैनन्। केही बजार विज्ञहरूले कम्पनीको हालको मूल्यांकन अत्यधिक उच्च भएको र यसको ठूलो हिस्सा लगानीकर्ताको भविष्यप्रतिको अपेक्षामा आधारित रहेको बताएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.