बिहीबार, श्रावण १४,२०८३ 11:44:11
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:44:11
Bizshala
Global IME Bank Limited

एआईले बेरोजगारी होइन, श्रम अभाव सिर्जना गर्नेछः जेफ बेजोस

एआईले बेरोजगारी होइन, श्रम अभाव सिर्जना गर्नेछः जेफ बेजोस
New Office

काठमाण्डौ । अमेजनका संस्थापक जेफ बेजोसले एआईले रोजगारी समाप्त गर्ने नभई नयाँ अवसरहरू सिर्जना गर्दै विश्वमा श्रम अभाव ल्याउने बताएका छन्।

पेरिसमा आयोजित टेक सम्मेलन ‘भिभा टेक २०२६’मा बोल्दै बेजोसले एआईले मानव क्षमतालाई प्रतिस्थापन नगरी त्यसलाई विस्तार गर्ने दाबी गरे। उनका अनुसार एआईले समस्या पहिचान र समाधान गर्ने प्रक्रिया छिटो बनाउने भएकाले नवप्रवर्तनको गति उल्लेखनीय रूपमा बढ्नेछ।

बेजोसले एआईले मानिसको सिर्जनशीलता बढाउने र ‘ड्रीम–बिल्ड लूप’ अर्थात् सोच्ने र निर्माण गर्ने प्रक्रियालाई तीव्र बनाउने बताए। उनका अनुसार भविष्यमा मानिसहरूले अहिले असम्भव ठानिएका विचारहरूलाई पनि वास्तविकतामा बदल्न सक्नेछन्।

कार्यक्रममा उनले आफ्नो नयाँ एआई स्टार्टअप प्रोथिमसको पनि चर्चा गरे। यो कम्पनीले आर्टिफिसियल जनरल इन्जिनियर विकास गर्ने लक्ष्य राखेको छ, जसले जटिल इन्जिनियरिङ डिजाइन र उत्पादन प्रक्रियालाई स्वचालित रूपमा सञ्चालन गर्न सक्षम हुने अपेक्षा गरिएको छ।

विशेषज्ञहरूका अनुसार यो प्रविधिले एयरोस्पेस, निर्माण र औद्योगिक डिजाइन क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ। एआई प्रविधिको तीव्र विकाससँगै डेटा सेन्टरहरूमा पानी र विद्युत् खपत बढिरहेको विषयमा पनि बेजोसले टिप्पणी गरे। उनले एआईको पूर्ण क्षमताको उपयोग गर्न आवश्यक स्रोत व्यवस्थापनमा लचिलो दृष्टिकोण आवश्यक हुने बताए।

तर आलोचकहरूले भने एआई पूर्वाधारले पर्यावरणीय दबाब बढाउने चिन्ता व्यक्त गर्दै आएका छन्।

बेजोसले स्पेस एक्सप्लोरेसनबारे दीर्घकालीन दृष्टिकोण पनि प्रस्तुत गरे। उनका अनुसार भविष्यमा मानव बस्ती बसाउने पहिलो चरण चन्द्रमा हुनेछ।

उनले भने, ‘हामी चन्द्रमामा बस्न जानेछौं, केवल भ्रमणका लागि होइन।’ चन्द्रमालाई भविष्यका अन्तरिक्ष मिसनहरूको आधार केन्द्रका रूपमा विकास गर्न सकिने उनले बताए।

यसपछि मंगल ग्रह र अन्य ग्रहहरूमा मानव विस्तारको बाटो खुल्ने उनको विश्वास छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.