आईतवार, असार १४,२०८३ 06:18:58
Bizshala
  • आईतवार, असार १४,२०८३ 06:18:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भेनेजुएलाको शक्तिशाली भूकम्पमा मुत्यु हुनेको संख्या १ हजार ४३० पुग्यो, ५० हजार बढी अझै बेपत्ता

Laxmi Sunrise Bank Limited
भेनेजुएलाको शक्तिशाली भूकम्पमा मुत्यु हुनेको संख्या १ हजार ४३० पुग्यो, ५० हजार बढी अझै बेपत्ता

काठमाण्डौ । भेनेजुएलामा बुधबार आएको दुई शक्तिशाली भूकम्पपछि मृत्यु हुनेको संख्या बढेर कम्तीमा १ हजार ४३० पुगेको छ। उद्धार टोलीले भग्नावशेषमा फसेकाहरूको खोजीलाई तीव्र बनाइरहेका छन् भने हजारौं परिवार आफ्ना आफन्तको खोजीमा निरन्तर जुटिरहेका छन्।

केही सेकेन्डको अन्तरमा आएको ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्पले राजधानी काराकास नजिकको तटीय राज्य ला गुआइरा लगायतका क्षेत्रमा व्यापक क्षति पुर्याएका छन्। अधिकारीहरूका अनुसार यो पछिल्लो एक शताब्दीमा भेनेजुएलाले भोगेको सबैभन्दा विनाशकारी भूकम्पमध्ये एक हो।

New Office
CG Motors
Garima Development Bank

संयुक्त राष्ट्रसंघका अनुसार ५० हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको अनुमान गरिएको छ। उद्धारकर्मीहरूले भग्नावशेषभित्र जीवित व्यक्ति भेटिने आशामा निरन्तर खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

राहत तथा उद्धार कार्यमा सहयोग गर्न मेक्सिको, स्पेन, संयुक्त राज्य अमेरिका र बेलायत लगायतका देशबाट अन्तर्राष्ट्रिय उद्धार टोली भेनेजुएला पुगेका छन्। यद्यपि प्रभावित क्षेत्रको व्यापकता र क्षतिको परिमाणका कारण उपलब्ध जनशक्ति तथा स्रोतसाधन अझै अपर्याप्त रहेको जनाइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.