मंगलवार, कार्तिक ३,२०८३ 02:13:21
  • मंगलवार, कार्तिक ३,२०८३ 02:13:21
Global IME Bank Limited

फरवार्डमाइक्रो फाइनान्सको नाफामा १६७.१५% को उछाल, ईपीएस पनि ह्वात्तै बढ्यो

Bizshala
फरवार्डमाइक्रो फाइनान्सको नाफामा १६७.१५% को उछाल, ईपीएस पनि ह्वात्तै बढ्यो
New Office

काठमाण्डौ । फरवार्डमाइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार संस्थाले तेस्रो त्रैमाससम्ममा ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १६७.१५ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि ६.१६ प्रतिशतले बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ८२ करोड ७२ लाख रुपैयाँ रहेको संस्थाको खुद ब्याज आम्दानी बढेर ८७ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।  

तेस्रो त्रैमाससम्म संस्थाले ५९ करोड ८९ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २०.९६ प्रतिशतले धेरै हो । कर्मचारीका लागि ३४ करोड १४ लाख रुपैयाँ खर्च गरेको संस्थाको अन्य सञ्चालन खर्च भने ६ करोड ७४ लाख रुपैयाँ रहेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ४२ करोड १५ लाख रुपैयाँको व्यवस्था गरेको छ । संस्थाको खराब कर्जा अनुपात भने वृद्धि भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५.८६ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ८.२६ प्रतिशत पुगेको छ ।  

संस्थाको रिटेन्ड अर्निङमा ५०.१० प्रतिशतको गिरावट आएको छ । यससँगै संस्थाको रिडेन्ड अर्निङ ३३ करोड ८७ लाख रुपैयाँमा सीमित बनेको छ । रिजर्भको आकार भने ९९ करोड ५१ लाखबाट बढेर १ अर्ब ४४ करोड पुगेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

संस्थाको निक्षेप संकलन ८ अर्ब ७६ करोड र कर्जा प्रवाह १९ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । संस्थाको वितरणयोग्य मुनाफा ३३ करोड ८७ लाख रुपैयाँबराबर छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ह्वात्तै बढेको छ । अघिल्लो आवको तेस्रो बैमाससम्म ५.५१ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी(ईपीएस)बढेर १४.७२ रुपैयाँ पुगेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २६९.३४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ९७३.६१ रुपैयाँ,मूल्य आम्दानी अनुपात ७६ गुणा र तरलता अनुपात ४.८८ प्रतिशत कायम भएको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.