सोमबार, असार २,२०८२ 02:00:52
  • सोमबार, असार २,२०८२ 02:00:52
Global IME Bank Limited

अपर स्याङ्गे हाईड्रोपावरको घाटामा ९१.२९% को कमी, विद्युत बिक्री आम्दानीमा १०६.२१% को उछाल

Hyundai Nepal
अपर स्याङ्गे हाईड्रोपावरको घाटामा ९१.२९% को कमी, विद्युत बिक्री आम्दानीमा १०६.२१% को उछाल
Nabil Bank Limited

काठमाण्डौ । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले उल्लेख्य रुपमा घाटा कम गरेको छ । कम्पनी चालु आवको तेस्रो त्रैमाससम्ममा ३४ लाख १७ हजार रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ९१.२९ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनी ३ करोड ९२ लाख रुपैयाँ घाटामा थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ४ करोड ७५ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको २ करोड ३० लाख रुपैयाँको तुलनामा १०६.२१ प्रतिशतले धेरै हो । कम्पनीको कर्मचारी खर्च ५० लाख ४४ हजार रुपैयाँ ऋणात्मक र साधारण तथा प्रशासनिक खर्च ३७ लाख ६७ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको रिजर्भको आकार ७ करोड ७५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ४ करोड ५४ लाख र कुल चालु सम्पत्ति ५ करोड ५७ लाख रुपेयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.९१ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ६४.७३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २४७.०८ रुपैयाँ र पीई अनुपात १०४.६८ गुणा र तरलता अनुपात ८१.५७ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.