Bizshala
  • बुधबार, असार २४,२०८३ 04:57:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिंहदरबार प्रवेशका लागि सहज व्यवस्था, अनलाइनबाटै प्रवेश पास लिन सकिने

Laxmi Sunrise Bank Limited
सिंहदरबार प्रवेशका लागि सहज व्यवस्था, अनलाइनबाटै प्रवेश पास लिन सकिने

काठमाण्डौ । गृह मन्त्रालयले सिंहदरबार प्रवेशका लागि सहज व्यवस्था गरेको छ । यसअघि सिंहदरवार प्रवेशका लागि झन्झट तथा भनसुन गर्नु नपर्ने अवस्था रहेकोमा अब भने अनलाइनबाट आवेदन दिएर सिंहदरवार प्रवेश पास लिन सकिने भएको छ ।  

सर्वसाधारणका लागि सिंहदरवार प्रवेश गर्न सहज बनाउने उदेश्यले क्युआर कोडसहितको प्रवेश पासको व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ ।  सिंहदरवार प्रवेश पासका लागि मोबाइल–वेबसाइट प्रयोगकर्ताले प्लेस्टोरमा सिंहदरवार पास डाउनलोड गरेर वा ब्राउजरमा सिंहदरवारपास डट जिओभी डट एनपी लगइन गरेर प्रवेश पास प्राप्त गर्न सक्नेछन् ।  

New Office
CG Motors
Garima Development Bank

अनलाइन प्रणालीबाट दिएको आवेदन सम्बन्धित मन्त्रालयले स्वीकृत गरेपछि सोही प्रणालीमा प्रवेश पास क्युआर कोडमा उपलब्ध हुने गृह मन्त्रालयले जनाएको छ ।  यसरी उपलब्ध भएको क्युआर कोड सिंहदरवार प्रवेशका लागि देखाउनुपर्ने छ । यस्तो अस्थायी पास अनुरोध १ दिनदेखि ३ महिनासम्मका लागि गर्न सकिनेछ ।

गृह मन्त्रालयका अनुसार दर्ता गर्ने क्रममा नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्ट वा ड्राइभिङ लाइसेन्सको फोटोसँगै नम्बर पनि समावेश गर्नु पर्नेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.