काठमाण्डौ । आँखु खोला जलविद्युृत कम्पनी लिमिटेडको खुद नाफामा ७०.२७ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २५ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ८६ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
तेस्रो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी सामान्य वृद्धि भएको छ । कम्पनीले बिद्युत बिक्रीमार्फत ११ करोड ६७ लाख रुपैयाँ खुद आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १.२७ प्रतिशतले बढी हो । कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च ८५ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
कम्पनीको कुल चालु सम्पत्ति १० करोड ५७ लाख र कुल चालु दायित्व १६ करोड ३६ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.४३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ६९ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५०२ गुणा र तरलता अनुपात ०.६५ प्रतिशत कायम छ ।