बिहीबार, चैत्र २१,२०८१ 03:13:29
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:13:29
IME remit
Global IME Bank Limited

राकुटेन भाइबरले नेपाल सरकारका विभिन्न निकायहरुसँग साझेदारी गर्ने

Hyundai Nepal
राकुटेन भाइबरले नेपाल सरकारका विभिन्न निकायहरुसँग साझेदारी गर्ने
Nabil Bank Limited

काठमाण्डौ । कलिङ र मेसेजिङ एप राकुटेन भाइबरले सार्वजनिक सञ्चार च्यानलहरू विस्तार गर्न नेपाल सरकारका विभिन्न निकायहरूसँग साझेदारी गर्ने भएको छ। यस सहकार्यको उद्देश्य नागरिकहरूलाई महत्त्वपूर्ण जानकारी तथा आधिकारिक सूचनाहरू प्रदान गर्ने र समुदायको सहभागिता बढाउन नागरिकहरूलाई अन्तरक्रियात्मक अभियानहरूमा संलग्न गराउनु रहेको छ।

यस पहलको एक अङ्गको रूपमा राकुटेन भाइबरले प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सार्वजनिक सूचनाहरुमा प्रत्यक्ष पहुँच प्रदान गर्ने समर्पित च्यानलहरूको ठूलो सङ्ख्या प्रस्तुत गर्नेछ।यी च्यानलहरूले नागरिकहरूलाई सरकारका पहल, नीति र सार्वजनिक कार्यक्रमहरूका बारेमा जानकारी गराउनको लागि केन्द्रीकृत हबको रूपमा काम गर्नेछन्।

यस बाहेक राकुटेन भाइबरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग ‘स्वास्थय सूचना’अभियान सुरु गर्न बलियो साझेदारी स्थापना गरेको छ।स्वास्थ्य सूचना पहलको एक अंशको रूपमा, आम जनताले आधिकारिक दिशा निर्देशहरू र विश्वसनीय स्रोतहरूबाट प्रत्यक्षरूपमा प्राप्त हुने अन्य महत्वपूर्ण जानकारी, सहित सही र समयमै स्वास्थ्य सम्बन्धी विविध सामग्रीमा पहुँच पाउने छन्।

Shivam Cement
Bizshala
CG Motors

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सिनियर हेल्थ एडमिनिस्ट्रेटर डा. प्रकाश बुढाथोकीले यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै भने,‘ स्वास्थ्य सम्बन्धित जानकारी जनमानसमा पुर्याउने हाम्रो प्रयासलाई विस्तार गर्न राकुटेन भाइबरसँग मिलेर काम गर्न पाउँदा अत्यन्त खुसी छौं।’

यस्तै राकुटेन भाइबर, एशिया प्यासेफिकका सिनियर डाइरेक्टर डेभिड चेले भने ‘राकुटेन भाइबरको गोपनीयता र सुरक्षाप्रतिको प्रतिबद्धताका कारण पनि प्रयोगकर्ताहरूले सरकारी सञ्चारको लागि आधिकारिक र विश्वसनीय स्रोतको रूपमा यस प्लेटफर्ममा विश्वास गर्न सक्छन्। नेपाल सरकार सँगको सहकार्यले पारदर्शिता, संलग्नता र महत्त्वपूर्ण सूचनाहरूमा नागरिकको पहुँच बढाउनका लागि प्रविधिको प्रयोगमा महत्वपूर्ण कदम अगाडि बढेको छ ।’  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.