सोमबार, असार २,२०८२ 09:46:28
  • सोमबार, असार २,२०८२ 09:46:28
Global IME Bank Limited

गौतम अडाणीले पेरिसभन्दा ५ गुणा ठूलो क्षेत्रफलमा बनाए विश्वकै ठूलो हरित उर्जा प्लान्ट, उत्पादन क्षमता ३० गेगावाट

Hyundai Nepal
गौतम अडाणीले पेरिसभन्दा ५ गुणा ठूलो क्षेत्रफलमा बनाए विश्वकै ठूलो हरित उर्जा प्लान्ट, उत्पादन क्षमता ३० गेगावाट
Nabil Bank Limited

काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडाणीले गुजरातको खावडाको मरभुमीमा विश्वको सबैभन्दा ठूलो ग्रिन इनर्जी प्लान्ट निर्माण गरेका छन् । यो प्लान्टको आकार फ्रान्सको राजधानी पेरिसभन्दा ५ गुणा ठूलो र अन्तरिक्षबाट समेत देख्न सकिन्छ ।  

यो प्लान्टबाट उत्पादित उर्जा सिंगो स्व्जिरल्याण्डका लागि विद्युत आपूर्ति गर्न पुग्छ ।  । पाकिस्तानको सिमा नजिकै निर्माण गरिएको यो ग्रिन इनर्जी प्लान्ट अडाणी ग्रुपको उर्जा क्षेत्रको महत्वाकांक्षी परियोजनामध्ये एक हो । गौतम अडाणीको कम्पनी अडाणी ग्रिन इनर्जी लिमिटेडले यो प्लान्ट निर्माण गरेको हो ।  

यो प्लान्टबाट सौर्य उर्जा र वायू उर्जाबाट हरित उर्जा उत्पादन गरिनेछ । यो सम्पूर्ण प्लान्टको क्षेत्रफल ५३८ वर्ग किलोमिटरमा फैलिएको छ । जुन पेरिसको आकारको लगभग ५ गुणा ठूलो हो । पेरिसको क्षेत्रफल १०५.४ वर्ग किलोमिटरमा फैलिएको छ ।  

अडाणी ग्रुपका अध्यक्ष गौतम अडाणीले आफ्नो यो प्रोजेक्टको सिलसिलामा पहिलोपटक सन् २०२२ मा गुजरातको खावडामा गएका थिए ।  

रिपोर्टका अनुसार अहिले यो प्लान्टको क्षमता २ हजार मेगावाट अर्थात २ गीगावाट रहेको छ । अडाणी ग्रीन इनर्जीका म्यानेजिङ डाइरेक्टर विनित जैनका अनुसार कम्पनीले आव २०२४÷२५ मा यसको क्षमता ४ गेगावाटसम्म पुर्याउने बताएका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आए ३० गेगावाट हरित उर्जा उत्पादन हुने जनाइएको छ । यसमा २६ गेगावाट सौर्य उर्जा र बाँकी ४ गेगावाट वायु उर्जाबाट उत्पादन हुनेछ । कम्पनीका अनुसार यो प्लान्टले उच्चतम ८१ अर्ब यूनिट विद्युत उत्पादन गर्नेछ । जुन बेल्जियम,चिलिी र स्विट्जरल्याण्ड जस्ता देशहरुको सम्पूर्ण खपतभन्दा पनि बढी हो ।  

भारतको सबैभन्दा ठूलो नविकरणीय उर्जा कम्पनी अडाणी ग्रिन इनर्जीले खावडामा स्वच्छ विद्युत उत्पादनका लागि करिब १.५ लाख करोड भारु लगानी गरिरहेका छन् । अडाणी ग्रुपको यो प्रोजेक्टलाई सन् २०७० सम्म शुद्ध–कार्बन उत्सर्जन प्राप्त गर्ने व्यापक योजनाको हिस्साका रुपमा हेरिएको छ ।  

यो प्लान्ट भएको ठाउँमा अडाणी ग्रुपले करिब ८ हजार कर्मचारीका लागि आवास निर्माण गर्ने तयारी गरिरहेको छ ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.