सोमबार, असार २,२०८२ 02:14:19
  • सोमबार, असार २,२०८२ 02:14:19
Global IME Bank Limited

न्यादी हाईड्रोपावर १५.११ करोड घाटामा, ईपीएस १३.४४ रुपैयाँले ऋणात्मक

Hyundai Nepal
न्यादी हाईड्रोपावर १५.११ करोड घाटामा, ईपीएस १३.४४ रुपैयाँले ऋणात्मक
Nabil Bank Limited

काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेड १५ करोड ११ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी घाटामा देखिएको हो । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४.९० प्रतिशतले कम हो ।  

अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको घाटा १५ करोड ८९ लाख रुपैयाँ थियो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४३ करोड ४९ लाख रुपैयाँ रहेको कम्पनीको आम्दानी घटेर ४३ करोड ५ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको परियोजना सञ्चालन खर्च १९ करोड ७० लाख रुपैयाँ ऋणात्मक र प्रशासनिक खर्च २ करोड ३७ लाख रुपैयाँ ऋणात्मक छ ।    

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति १३ करोड ५६ लाख र कुल चालु दायित्व २९ करोड ८४ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १३.४४ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ६७.०५ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.