काठमाण्डौ । अप्पर स्याँङ्गे हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्काशन प्रक्रियाका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी २२ करोड रुपैयाँको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव नवौं वार्षिक साधारण सभाबाट स्वीकृत भएको थियो।
सोही निर्णय कार्यान्वयन गर्ने क्रममा कम्पनीको सञ्चालक समितिको साउन १४ गते बसेको बैठकको निर्णयानुसार हकप्रद सेयर निष्काशन तथा बिक्री व्यवस्थापनका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।