सोमबार, असार २,२०८२ 02:03:31
  • सोमबार, असार २,२०८२ 02:03:31
Global IME Bank Limited

सिंगटी हाईड्रोपावर ६५.५६% ले घाटा कम गर्न सफल, विद्युत बिक्री आम्दानी ३.३४%ले वृद्धि

Hyundai Nepal
सिंगटी हाईड्रोपावर ६५.५६% ले घाटा कम गर्न सफल, विद्युत बिक्री आम्दानी ३.३४%ले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । सिंगटी हाईड्रोपावर लिमिटेड ३ करोड २१ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी घाटामा देखिएको हो । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ६५.५६ प्रतिशतले कम हो ।  

अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको घाटा ९ करोड ३२ लाख रुपैयाँ थियो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५० करोड ८९ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी ३.३३ प्रतिशतले बढेर ५२ करोड ५९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रशासनिक र अन्य साधारण खर्च ५ करोड ४९ लाख र ब्याज खर्च ३६ करोड ८६ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चुक्तापूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको कम्पनीको सेयर प्रिमियम २५ करोड ११ लाख रुपैयाँ रहेको छ । कम्पनीको दीर्घकालिन कर्जा ४ अर्ब ३ करोड रुपैयाँ रहेको छ । ८० करोड ५० लाख रुपैयाँ कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व २१ लाख ९० हजार रुपैयाँ मात्रै छ ।    

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.११ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ १००.७१ मूल्य आम्दानी अनुपात २६९.१५ गुणा कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.