सोमबार, असार २,२०८२ 02:20:27
  • सोमबार, असार २,२०८२ 02:20:27
Global IME Bank Limited

सामलिङ्ग पावरको घाटा १३१% ले बढ्यो, आम्दानी र रिजर्भमा पनि गिरावट

Hyundai Nepal
सामलिङ्ग पावरको घाटा १३१% ले बढ्यो, आम्दानी र रिजर्भमा पनि गिरावट
Nabil Bank Limited

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअुसार कम्पनी १ करोड ९९ लाख रुपैयाँ घाटामा देखिएको छ । अघिल्लो आवको तुलनामा १३१.८८ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीको घाटा ८५ लाख ९१ हजार रुपैयाँमा सीमित थियो ।  

यस्तै कम्पनीको खुद आम्दानीमा पनि ६ प्रतिशतको गिरावट आएको छ । कम्पनीले समीक्षा अवधिसम्म १८ करोड २ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १९ करोड १७  लाख रुपैयाँ खुद आम्दानी गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको वित्त खर्च १३ करोड ३६ लाख र प्रशासनिक र अन्य सञ्चालन खर्च ८९ लाख ९८ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ छ । कम्पनीको रिजर्भको आकार ४८.८८ प्रतिशतले घटेर ४ करोड ४१ लाख रुपैयाँमा सीमित बनेको छ ।  

त्यस्तै कम्पनीको कुल चालु सम्पत्ति ९ करोड १६ लाख र कुल चालु दायित्व ६ करोड ३५ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.७७ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १०८.८४ रुपैयाँ,मूल्य आम्दानी अनुपात १९६.०९ रुपैयाँ ऋणात्मक र तरलता अनुपात १.४४ प्रतिशत कायम भएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.