बिहीबार, श्रावण २१,२०८३ 10:40:56
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 10:40:56
Bizshala
Global IME Bank Limited

स्ट्रेट अफ हर्मुजबाट जहाज आवागमनका लागि नयाँ मार्गमा ओमानसँग सहमति भएको इरानको दाबी

स्ट्रेट अफ हर्मुजबाट जहाज आवागमनका लागि नयाँ मार्गमा ओमानसँग सहमति भएको इरानको दाबी
New Office

काठमाण्डौ । इरानले स्ट्रेट अफ हर्मुजबाट जहाजहरूको आवागमन सहज बनाउन ओमानसँग नयाँ समुद्री मार्गबारे सहमति भएको दाबी गरेको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले उक्त सम्झौता अन्तिम चरणमा पुगेको बताएका छन्। यद्यपि, उनले सम्झौतासम्बन्धी थप विवरण भने सार्वजनिक गरेका छैनन्।

बकाईले ओमानसँग भएको सहमतिले स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा सुरक्षित भइसकेको अर्थ नलाग्ने स्पष्ट पारेका छन्। उनका अनुसार अमेरिकी पक्षबाट इरानी बन्दरगाहमाथि गरिएको नौसैनिक नाकाबन्दी र अन्य आक्रामक गतिविधिका कारण क्षेत्रीय सुरक्षा अवस्था अझै चुनौतीपूर्ण रहेको छ।

यसैबीच, इरानका उपविदेशमन्त्री काजेम घरीबाबादीले सरकारी समाचार संस्था आईआरएनएसँग कुरा गर्दै नयाँ समुद्री मार्ग अस्थायी हुने बताएका छन्। उनका अनुसार यो मार्ग करिब दुईदेखि चार महिनासम्म प्रयोग गर्न सकिनेछ।

यस प्रस्तावबारे अमेरिका र ओमान दुवै पक्षबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज चाँडै नखोलिए इरानले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए।

अमेरिकी अधिकारीहरूले यसअघि जहाज आवागमन पुनः सुरु गर्ने विषयमा वार्तामा प्रगति भइरहेको र यसै साताको अन्त्यसम्ममा तेल तथा अन्य सामानको ढुवानी पुनः सुरु हुन सक्ने दाबी गरेका थिए।

तर इरानले अमेरिकी दाबी अस्वीकार गर्दै आफूहरू अमेरिकासँग कुनै वार्तामा नरहेको र त्यस्तो कुनै योजना पनि नरहेको जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.