सोमबार, श्रावण २५,२०८३ 11:40:37
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 11:40:37
Bizshala
Global IME Bank Limited

सिप्रदी र प्राइम रिन्युएबल्सबीच सहकार्यः कपन वर्कसपमा वार्षिक १ लाख ४० हजार युनिट सौर्य उर्जा उत्पादन हुने

सिप्रदी र प्राइम रिन्युएबल्सबीच सहकार्यः कपन वर्कसपमा वार्षिक १ लाख ४० हजार युनिट सौर्य उर्जा उत्पादन हुने
New Office

काठमाण्डौ । सिप्रदी ट्रेडिङ प्रालि र नवीकरणीय ऊर्जाको क्षेत्रमा कार्यरत प्राइम रिन्युएबल्स प्रालिबीचको सहकार्यमा काठमाण्डौको कपनस्थित सिप्रदीवर्कसपमा ८६.४ kWp क्षमताको रूफटप सोलारपिभी प्लान्ट सञ्चालनमा ल्याइएको छ। उक्त८६.४ kWp रूफटप सोलार पिभी प्लान्टकोआज आयोजित एक विशेष समारोहका बिच सिप्रदी ट्रेडिङ प्रालिका सीइओ राजन बाबु श्रेष्ठ र प्राइम रिन्युएबल्स प्रालिका अध्यक्ष आशिष गर्गले संयुक्त रूपमा उद्घाटन गरे । 

समारोहमा आफ्नो धारणा राख्दै सिप्रदी ट्रेडिङ प्रालिका सीइओ राजनबाबु श्रेष्ठले भने, ‘सिप्रदीमा हामी केवलविद्युतीय सवारीसाधनको बिक्री-वितरणमा मात्र सीमित नभई, तिनको सम्पूर्ण प्रयोग र सर्भिसिङ प्रक्रियालाई नै वातावरणीय रूपमा स्वच्छ र दिगो बनाउन प्रतिबद्ध छौँ। कपन ईभी वर्कसपमा ८६.४ kWp को रूफटप सोलार प्लान्ट स्थापना हुनु हाम्रो सोही प्रतिबद्धतातर्फको एक ऐतिहासिक कदम हो। ईभी आफैँमा वातावरणमैत्री छ, तर अब त्यसको चार्जिङ, मर्मत र सर्भिसिङ पनि सौर्य ऊर्जाबाट हुने भएकाले हामीले स्वच्छ ऊर्जालाई पूर्णता दिने प्रयासको सुरुवात कपन वर्कशपबाट गरेका छौ।’

समारोहमा बोल्दै प्राइम रिन्युएबल्स प्रालिका अध्यक्ष आशिष गर्गले  भने, ‘ईभी मोबिलिटीलाई ऊर्जा प्रदान गर्ने स्रोत पनि सवारीसाधन जत्तिकै स्वच्छ हुँदा मात्र वास्तविक दिगोपन हासिल गर्न सकिन्छ। हामी स्वच्छ सौर्य ऊर्जा उपलब्ध गराउँदै ईभी इकोसिस्टमको बाँकी कार्य समेत कार्बन उत्सर्जनमुक्त बनाउन चाहन्छौँ।सिप्रदी ट्रेडिङ तथाटाटा मोटर्स जस्तो दूरदर्शी ब्रान्डसँगको सहकार्यले व्यावसायिक क्षेत्रमा सौर्य ऊर्जाको एकीकरणको सम्भावना प्रस्तुत गर्ने अवसर दिएको छ। यसले विद्युत् खर्च घटाउन मात्र सहयोग गर्नेछैन, अटोमोबाइल सर्भिसिङ तथा मर्मतसम्भार क्षेत्रलाई कार्बन उत्सर्जनबाट समेत अलग गर्नेछ।’

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग तीव्र गतिमा विस्तार भइरहेको छ, तर वास्तविक दिगोपनका लागि स्वच्छ ऊर्जाको सम्पूर्ण ईभी इकोसिस्टम नै आवश्यक हुन्छ। यो परियोजनाले नेपालमा ईभी विकासको यात्रालाई अर्को महत्वपूर्ण चरणमा पुर्‍याएको कम्पनीको दाबी छ । 

सम्झौता भएको ३ महिनाको छोटो अवधिमै निर्माण सम्पन्न भईसञ्चालनमा आएको यस प्लान्टमा एआईमा आधारित हरित ऊर्जा डिजिटल प्रविधि प्रयोग गरिएको छ। जसले वार्षिक करिब १ लाख ४० हजारयुनिट स्वच्छ विद्युत् उत्पादन गर्दै कार्बन उत्सर्जन घटाउन ठूलो योगदान पुर्‍याउने विश्वास गरिएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.