आईतवार, बैशाख ६,२०८३ 08:46:43
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:46:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एप्पलको बिक्री अल टाइम हाई, अहिलेसम्मकै ठूलो सेयर बाईब्याक गर्ने घोषणा

Bizshala
एप्पलको बिक्री अल टाइम हाई, अहिलेसम्मकै ठूलो सेयर बाईब्याक गर्ने घोषणा
Shivam Cement

काठमाण्डौ । आईफोन निर्माता अमेरिकी टेक कम्पनी एप्पलले अहिलेसम्मकै सबेभन्दा ठूलो सेयर बाईब्याक गर्ने घोषणा गरेको छ । जसमार्फत कम्पनीले ११० बिलियन डलरबरारबरको सेयर पुनःखरिद गर्नेछ ।  

आर्थिक वर्ष २०२४÷२५ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले सेयर बाईब्याक गर्ने घोषणा गरेको हो । कम्पनीका चिफ फाइनान्सियल अफिसर(सीएफओ) लुका मेस्त्रीले सेयर बाईब्याकको निर्णयका बारेमा बोल्दै प्रडकट बिक्रीमा आएको रेकर्डतोड बढोत्तरीबाट एप्पलको भविष्य तथा कम्पनीको स्टकको मूल्यलाई लिएर कम्पनीको आत्मविश्वास एकदमै बढेको बताएका छन् । उनले एप्पलको बिक्रीले अल टाइम हाईको उचाई चुमेको बताएका छन् ।  

जनवरी–मार्च त्रैमासमा एप्पलले ९०.८ बिलियन डलर आर्जन गरेको छ । वार्षिक आधारमा हेर्ने हो भने यो कमाई ४ प्रतिशतले कम हो । कम्पनीले यस अवधिमा २३.६ बिलियन डलर मुनाफा आर्जन गरेको छ ।  

यससँगै कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रतिसेयर ०.२५ डलर लाभांश प्रदान गर्ने घोषणा समेत गरेको छ ।    

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीको वित्तीय प्रतिवेदन तथा सेयर बाईब्याक र लाभांशको घोषणाले कम्पनीको सेयरमूल्यमा इन्ट्रा डेमा ६ प्रतिशतको उछाल आएको छ । तर कम्पनीको सेयरमूल्य समग्रमा २.२० प्रतिशत वृद्धिका साथ कारोबार बन्द भएको छ ।  

एप्पलका सीईओ टिम कुकले जनवरी–मार्चको त्रैमासमा कम्पनीले भारतीय बजारमा दोहोरो अंकको वृद्धि हासिल गरेको बताएका छन् । उनले कम्पनीका लागि भारत केन्द्रविन्दुमा रहेको र भारतमा एप्पल डेभलपरदेखि लिएर बजार सञ्चालनसम्म सम्पूर्ण ईकोसिस्टममा काम भईरहेको बताए ।  

हालै मात्रै सार्वजनिक भएको इकोनोमिक्स टाइम्सको प्रतिवेदनमा भारतमा रहेको एप्पलका दुईवटा आधाकारिक स्टोरले क्रमश १९० र २१० करोड भारु आर्जन गरेको जनाइएको थियो ।  -एजेन्सी

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.