बुधबार, भाद्र २५,२०८२ 09:28:31
  • बुधबार, भाद्र २५,२०८२ 09:28:31
Global IME Bank Limited

एप्पलको बिक्री अल टाइम हाई, अहिलेसम्मकै ठूलो सेयर बाईब्याक गर्ने घोषणा

Hyundai Nepal
एप्पलको बिक्री अल टाइम हाई, अहिलेसम्मकै ठूलो सेयर बाईब्याक गर्ने घोषणा

काठमाण्डौ । आईफोन निर्माता अमेरिकी टेक कम्पनी एप्पलले अहिलेसम्मकै सबेभन्दा ठूलो सेयर बाईब्याक गर्ने घोषणा गरेको छ । जसमार्फत कम्पनीले ११० बिलियन डलरबरारबरको सेयर पुनःखरिद गर्नेछ ।  

आर्थिक वर्ष २०२४÷२५ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले सेयर बाईब्याक गर्ने घोषणा गरेको हो । कम्पनीका चिफ फाइनान्सियल अफिसर(सीएफओ) लुका मेस्त्रीले सेयर बाईब्याकको निर्णयका बारेमा बोल्दै प्रडकट बिक्रीमा आएको रेकर्डतोड बढोत्तरीबाट एप्पलको भविष्य तथा कम्पनीको स्टकको मूल्यलाई लिएर कम्पनीको आत्मविश्वास एकदमै बढेको बताएका छन् । उनले एप्पलको बिक्रीले अल टाइम हाईको उचाई चुमेको बताएका छन् ।  

जनवरी–मार्च त्रैमासमा एप्पलले ९०.८ बिलियन डलर आर्जन गरेको छ । वार्षिक आधारमा हेर्ने हो भने यो कमाई ४ प्रतिशतले कम हो । कम्पनीले यस अवधिमा २३.६ बिलियन डलर मुनाफा आर्जन गरेको छ ।  

यससँगै कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रतिसेयर ०.२५ डलर लाभांश प्रदान गर्ने घोषणा समेत गरेको छ ।    

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको वित्तीय प्रतिवेदन तथा सेयर बाईब्याक र लाभांशको घोषणाले कम्पनीको सेयरमूल्यमा इन्ट्रा डेमा ६ प्रतिशतको उछाल आएको छ । तर कम्पनीको सेयरमूल्य समग्रमा २.२० प्रतिशत वृद्धिका साथ कारोबार बन्द भएको छ ।  

एप्पलका सीईओ टिम कुकले जनवरी–मार्चको त्रैमासमा कम्पनीले भारतीय बजारमा दोहोरो अंकको वृद्धि हासिल गरेको बताएका छन् । उनले कम्पनीका लागि भारत केन्द्रविन्दुमा रहेको र भारतमा एप्पल डेभलपरदेखि लिएर बजार सञ्चालनसम्म सम्पूर्ण ईकोसिस्टममा काम भईरहेको बताए ।  

हालै मात्रै सार्वजनिक भएको इकोनोमिक्स टाइम्सको प्रतिवेदनमा भारतमा रहेको एप्पलका दुईवटा आधाकारिक स्टोरले क्रमश १९० र २१० करोड भारु आर्जन गरेको जनाइएको थियो ।  -एजेन्सी

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.