बिहीबार, श्रावण २८,२०८३ 12:21:11
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 12:21:11
Bizshala
Global IME Bank Limited

रिलायबल समृद्धि योजनाको लाभांश घोषणा

Prabhu Bank Limited
रिलायबल समृद्धि योजनाको लाभांश घोषणा
New Office

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको कोष प्रवर्द्धक तथा कम्पनी योजना व्यवस्थापक रहेको रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित बन्दमुखी योजना रिलायबल समृद्धि योजनाले इकाईधनीलाई ८.४२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

योजना व्यवस्थापकको साउन २८ गते बिहान बसेको ६७औँ सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२÷८३ सम्मको सञ्चित कोषबाट इकाईधनीलाई करसहित उक्त दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार प्रस्तावित लाभांशको कुल रकम रु. १० करोड १० लाख ५२ हजार ६३१.५८ पैसा रहेको छ।

लाभांश वितरण प्रयोजनका लागि योजनाले भदौ १० गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यसर्थ भदौ ९ गतेसम्म कायम इकाईधनीले प्रस्तावित नगद लाभांश प्राप्त गर्नेछन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.